२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाको कारागारको फोहरले आसपासका बासिन्दालाई समस्या

१५ माघ २०७४, सोमबार ०९:०३

माघ १५, भद्रपुर | भद्रपुर नगरपालिकामा रहेको जिल्ला कारागारभित्रको फोहरको उचित व्यवस्थापन हुन नसक्दा आसपासका जनतालाई समस्या भएको छ । 

लगभग चार दशकअघि बनाइएको सो कारागारमा करिब ३०० कैदीबन्दी अट्ने क्षमतामा अहिले ८३२ कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । 

कारागारबाट दैनिक उत्पादन हुने फोहर व्यवस्थापनका लागि भौत्तिक संरचना निर्माण गर्न कारागार विभागसँग रु २२ लाख रकम मागिएकामा अहिलेसम्म नआएकाले फोहर व्यवस्थापन गर्न कठिनाइ भइरहेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिनुभयो । 

कारागारबाट मलमूत्र बाहेक दैनिक तीन हजार लिटर फोहर पानी निस्कने भएकाले त्यसको व्यवस्थापन गर्न स्थानीय समुदायले विगतदेखि जिल्ला प्रशासन कार्यालय, भद्रपुर नगरपालिका र अन्य निकायसँग हारगुहार गर्दा पनि केही नलागेको स्थानीयवासी भीष्मराज भट्टराईले जानकारी दिनुभयो । 

कारागार क्षेत्रमा जाडोको मौसमभन्दा पनि गर्मीमा दुर्गन्ध निकै फैलिने, कारागारभित्रको फोहर पानी त्यही वरिपरि फैलिने भएकाले सधैँ दुर्गन्ध र फोहरसँग जुधिरहनु पर्ने अर्का स्थानीयवासी खड्ग न्यौपानेले बताउनुभयो । 

नजिकै रहेको प्रज्ञा एकेडेमी विद्यालयका शिक्षक द्रोण अधिकारीले पनि निजीस्तरले त गर्न सकेन तर सरकारी मातहातमा रहेको यस्तो संस्थालाई व्यवस्थित गर्न जनताले सडकमा आगो नै बाल्नु पर्ने, आन्दोलन नै गर्नु पर्ने अवस्था आयो भन्नुभयो । 

स्थानीय जनताको दुःख र समस्या देखेर विभागसँग रकम मागेको पनि निकै लामो समय भइसक्यो तर समयमा रकम नआउने तर फोहर कारागारबाट निरन्तर आइरहने भएकाले समस्या भएको कारागार प्रमुख निरौलाले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो