१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऐन र अनुशासनको परिधिमा बस्न सचिवको निर्देशन

१५ माघ २०७४, सोमबार १२:१३

माघ १५, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले ऐन, कानून र अनुशासनको परिधिमा रही जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

पर्यटन मन्त्रालयमा आफ्नो स्वागत तथा सोही मन्त्रालयबाट अन्यत्र सरुवा हुनुभएका सचिव महेश्वर न्यौपानेको बिदाइ कार्यक्रममा उहाँले इमान्दारपूर्वक मन्त्रालय र मातहतका काम कारबाहीलाई चुस्त तथा प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 

सचिव देवकोटाले कानूनी राज्यभन्दा माथि कोही व्यक्ति नहुने भन्दै कसैको दबाब र प्रभावमा नपरी जिम्मेवार भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । आफू कर्मचारीको सम्बन्धलाई सुमधुर तुल्याएर सेवा प्रवाहलाई परिणाममुखी बनाउन लागि पर्ने भन्दै उहाँले गल्ती गर्नेलाई कुनै छुट नदिने बताउनुभयो । 

सचिव महेश्वर न्यौपानेले आन्तरिक निर्णय प्रक्रियामा पनि सचिव र सहसचिवबीच समन्वयको अभाव खड्किएको गुनासो पोख्नुभयो । सचिव न्यौपानेले मन्त्रालय मातहत राष्ट्रिय गौरवका पाँच आयोजना रहेका र तीमध्ये अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई थप प्रभावकारी ढंगले अघि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो । 

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले सचिवको निर्देशनको पूर्ण पालना गर्दै अनुशासित रुपमा कर्मचारीका तर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार