२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऐन र अनुशासनको परिधिमा बस्न सचिवको निर्देशन

२०७४, १५ माघ सोमबार १२:१३

माघ १५, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले ऐन, कानून र अनुशासनको परिधिमा रही जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

पर्यटन मन्त्रालयमा आफ्नो स्वागत तथा सोही मन्त्रालयबाट अन्यत्र सरुवा हुनुभएका सचिव महेश्वर न्यौपानेको बिदाइ कार्यक्रममा उहाँले इमान्दारपूर्वक मन्त्रालय र मातहतका काम कारबाहीलाई चुस्त तथा प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 

सचिव देवकोटाले कानूनी राज्यभन्दा माथि कोही व्यक्ति नहुने भन्दै कसैको दबाब र प्रभावमा नपरी जिम्मेवार भएर कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । आफू कर्मचारीको सम्बन्धलाई सुमधुर तुल्याएर सेवा प्रवाहलाई परिणाममुखी बनाउन लागि पर्ने भन्दै उहाँले गल्ती गर्नेलाई कुनै छुट नदिने बताउनुभयो । 

सचिव महेश्वर न्यौपानेले आन्तरिक निर्णय प्रक्रियामा पनि सचिव र सहसचिवबीच समन्वयको अभाव खड्किएको गुनासो पोख्नुभयो । सचिव न्यौपानेले मन्त्रालय मातहत राष्ट्रिय गौरवका पाँच आयोजना रहेका र तीमध्ये अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई थप प्रभावकारी ढंगले अघि बढाइनुपर्ने खाँचो औँल्याउनुभयो । 

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले सचिवको निर्देशनको पूर्ण पालना गर्दै अनुशासित रुपमा कर्मचारीका तर्फबाट सक्दो सहयोग गर्ने वचन दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु