<p>जिवराज बख्रेल | माघ १५, मकवानपुर | मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण तथा उपचारमा कार्यरत पाँच वटा पुर्नस्थापना केन्द्रको सहभागितामा लागु औषध समन्वयसमिति गठन भएको छ। <br></p><p>हेटौडामा भएको भेलाबाट सुजन थापा, संदिप शाक्य, सौजन डिसी, राजिव श्रेष्ठ, अन्जिल श्रेष्ठ, मनिला खड्गी र फोकल पर्सन अनिल तामाङ्ग सहित ७ सदस्य रहेको समिती गठन भएको हो । समितीले लागु औषधको क्षेत्रमा भइरहेको कार्यक्रमहरुलाई सुदृढ र प्रभावकारी ढंगले संचालन तथा सम्बन्धित निकायहरुसँग आवश्यक वकालतगर्ने समुहका सदस्य सौजन डिसीले जनाकारी दिनुभयो ।</p><p>जिल्लामा विद्यमानलागु औषधको समस्या दिनानुदिन अझै जटिल हुदै गइरहेको अवस्थामा आवश्यक रणनिति तथा पहलकालागि सक्रिय रुपमा अघि बढ्ने कटिबद्धताका साथ गठित सकितीले काम गर्ने जनाइएको छ। </p>
पाँच पुर्नस्थापना केन्द्रको सहभागितामा लागु औषध समन्वयसमिति गठन
