2026-10-06 05:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

माघ १६, इलाम | इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ । 

सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक÷एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराइएको प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । 

प्रथम नगरसभाबाट स्वीकृत आव २०७४÷०७५ को बजेट तथा कार्यक्रम अनुसार सुत्केरी महिलालाई दिइने सुत्केरी सुविधाबाट इलाम नगरपालिका क्षेत्रका २२ जना महिला लाभान्वित भएका हुन् । 

सुत्केरी सुविधा प्राप्त गर्नका लागि इलाम नगरपालिका क्षेत्रमा स्थायी बसोबास भएको हुनुपर्ने, बच्चाको जन्मदर्ता भएको हुनुपर्ने, सुत्केरी सुविधा प्रत्येक वडाको महिला सदस्यले सिफारिश गरेपछि मात्र पाउने र सुत्केरी भएको एक महिनाभित्रमा सुविधा लिई सक्नुपर्ने प्रावधान रहेको नगरपालिकाले जनाएको छ । यसो गर्दा बालबालिकाको तत्काल जन्मदर्तासमेत सुनिश्चित हुने इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले बताउनुभयो । 

इलाम नगर कार्यपालिकाको गत साउन ५ गते सम्पन्न पहिलो बैठकको निर्णयानुसार इलाम नगरपालिकामा विगतमा उपलब्ध गराइएको सुत्केरी सुविधा कार्यक्रमलाई पुनः उपलब्ध गराउने निर्णयअनुरुप सुत्केरी महिलालाई प्याकेज प्रदान गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव कांग्रेसले भोटेकोशी बाढीपीडितका लागि २ करोड ८१ लाखभन्दा बढी सहयोग जुटायो निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै