२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपाल आमाको मूर्ति बन्दै

२०७४, १६ माघ मंगलवार ०६:४१

माघ १६, कञ्चनपुर | भीमदत्तनगरपालिकाको भम्केनीमा नेपाल आमाको अष्टधातुको मूर्ति बनाउन सहयोग जुट्दैछ । 

नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य सहयोग जुटाउन विसं २०७२ वैशाख ५ गतेदेखि पचहत्तर जिल्लाको भ्रमण पूरा गरी सोमबार यहाँ आइपुग्नु भएको छ । मूर्ति निर्माणका लागि धेरै ठाउँबाट धातुको सहयोग प्राप्त भएको छ । 

शुक्लाफाँटा नगरपालिकाले सोमबार साँझ आयोजना गरेको अभिनन्दन कार्यक्रममा उहाँले भ्रमणका क्रममा सुदूरपश्चिमका प्राकृतिक र धार्मिक रमणीय क्षेत्रको प्रचार गरिएको तथा खप्तड, पर्शुराम धाम, ब्रह्मदेव, बैजनाथ, उग्रतारा र महाकालीको महिमाबारे जानकारी दिइएको बताउनुभयो । 

नेपाल आमाको ७५ फिट लामो मूर्ति यहाँ बन्दैछ । एक जिल्ला बराबर एक फिट उचाइको मूर्तिको राखिने बताइएको छ । यही माघ २२ गतेदेखि राष्ट्रभक्ति जागरण महानुष्ठान महायज्ञको आयोजनापछि मूर्तिको शिलान्यास गरिने कार्यक्रम छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै