४ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘जिउँदो शहीद’ को रिक्सा सहारा

१६ माघ २०७४, मंगलवार ०७:०६

झुलन रेग्मी / माघ १६, झापा | जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । 

झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उहाँकै काँधमा छ, त्यसैले उहाँ सकिनसकी सिटी रिक्सा चलाइरहनुभएको छ । 

“के गर्नू, गरी त खानै पर्यो  नि,” जिउँदो शहीद श्रेष्ठले भन्नुभयो, “आम्दानीको बाटौ छैन, त्यही भएर रिक्सा चलाइरहेको छु ।” उहाँले छ महिनाअघि सिटी रिक्सा किस्तामा किन्नुभएको हो । त्यसबाट कमाएको पैसाले किस्ता तिर्ने र बचेको पैसाले घर चलाउने गरेको उहाँ बताउनुहुन्छ । 

विसं २०६२÷६३ को जनआन्दोलनमा चन्द्रगढीमा सैनिकले हानेको गोली लागेर उहाँ घाइते हुनुभएको थियो । राजतन्त्र फाल्न र गणतन्त्र ल्याउनका निमित्त २०७३ वैशाख ६ गते चन्द्रगढी मैदानमा उत्रनुभएका श्रेष्ठको देब्रे तिघ्रामा गोली लागेको थियो । 

घाइते उहाँलाई तत्कालै उपचारका लागि धरानको घोपा क्याम्प लगिएको थियो । लामो समयको उपचारपछि उहाँ घरैमा आराम गरिरहनुभएको थियो तर आम्दानीको बाटो नहुँदा अहिले उहाँले सिटी रिक्साको सहारा लिनुभएको हो । “अहिले पनि घुँडाको घाउ दुखिरहन्छ”, श्रेष्ठले भन्नुभयो, “तैपनि सकिनसकी रिक्सा चलाइरहेको छु ।” 

त्यसैबेला राजनीतिक दलहरुले उहाँलाई सहयोग नगरेका भने होइनन् । समिति नै बनाएर उहाँको उपचार गरियो । समितिले घर बनाइदियो, विवाह पनि गराइदियो । मासिक रुपमा नगरपालिका र धुलाबारी खानेपानी संस्थानले रकम सहयोग गरेको थियो तर अहिले सहयोग रोकिएको श्रेष्ठ बताउनुहुन्छ । “अहिले कतैबाट सहयोग रकम आएको छैन,” उहाँले गुनासो पोख्नुभयो, “बाँच्नकै लागि भए पनि काम नगरी भएन ।” 

सरकारी तवरबाट पनि उहाँले सहयोग खासै पानुभएको छैन । सरकारले उहाँको अवस्था हेरेर रु ४० हजार सहयोग गरेको थियो । त्यसबेला अन्य घाइतेले रु पाँच लाखसम्म पाएका थिए । घाइतेको अवस्था हेरेर सरकारले त्यसबेला बनाएको मापदण्डमा उहाँको अवस्था ‘सामान्य घाइते’ भनेर उल्लेख गरिएको थियो । 

उहाँलाई स्थानीयस्तरबाट सबैतिर सहयोग मिलेको नेपाली काँग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीले बताउनुभयो । उहाँले अरु घाइतेभन्दा श्रेष्ठलाई बढी नै सहयोग प्राप्त भएको बताउँदै भन्नुभयो, “गोपाललाई घाइते अवस्थामा सबैले खुलेर सहयोग गर्नुभएको छ” उहाँले भन्नुभयो, “जब कि अरु घाइतेले यतिको सहयोग पाउन सकेनन् ।” 

श्रेष्ठ करिब १० वर्ष जति हिँडडुल गर्न सक्नुभएन । उहाँ त्यसबेला जनान्दोलन समितिले बनाइदिएका घरमा आराम गरिरहनुभयो । दुई वर्ष यतादेखि उहाँ सामान्य हिँडडुल गर्न सक्ने हुनुभएको छ । लामो समयसम्म हिँड्दा खुट्टा दुख्ने गरेको उहाँ सुनाउनुहुन्छ । उहाँको खुट्टा पूर्णरुपमा निको भएको छैन । चिकित्सकले बेलाबेला जाँचका लागि आउनू भनेछन् तर नगएको धेरै समय बितिसकेको उहाँ बताउनुहुन्छ । 

श्रेष्ठले सिटी रिक्साबाट शुरु शुरुमा राम्रै आम्दानी भए पनि अहिले खासै नभएको बताउनुभयो । अहिले दिनमा रु एक हजार २०० देखि रु एक हजार ५०० सम्म कमाउने गरेको उहाँ जानकारी दिनुहुन्छ । 

“रिक्सा पनि धेरै भइसके, यात्रु पाउनै छाडिसक्यो,” उहाँले भन्नुभयो। धुलाबारीमा मात्र करिब दुई सय सिटी रिक्सा सञ्चालित छन् । उहाँले मेचीनगर नगरपालिकाले दिने भनेको मासिक रु तीन हजार ५०० रु भत्ता रोकिएकामा उहाँको गुनासो छ । उक्त सहयोग नरोक्न उहाँले नगरपालिकासँग आग्रह गर्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ बुढीगण्डकी किनारमा एक वृद्धको शव फेला क्यानडा र माल्टा पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने एकीकृत समाजवादीको निर्णय राजावादीलक्षित प्रधानमन्त्रीको कविता – शहरमा खोजि भैरहेछ हराएको मूर्तिको, खाजि भै रहेछ भाइ‌माराको… बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहसचिव पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज ‘आउटलः दफा २१९’ ले ४ दिनमा कमायो कति ? पाकिस्तान सुपर लिग त्यागेर आइपिएल टिम मुम्बई रोज्दा दक्षिण अफ्रिकी खेलाडी कानुनी झमेलामा प्रचण्डको प्रष्टीकरण– ओली सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन मोटरसाइकल चालकलाई जोगाउन खोज्दा पल्टियो बस, १४ जना घाइते चोकको नाम राख्ने विषयमा धनुषामा विवाद, प्रहरीले चलायो गोली, एक युवक गम्भीर घाइते  च्याउ खाँदा बिरामी परेका १० मध्ये एकको मृत्यु, एक गम्भीर नयाँ सरकार गठन हुने भ्रममा पर्नुहुँदैन : कांग्रेस प्रमुख सचेतक घिमिरे दुगडका कम्पनीले कर नतिरेको सूचना निकालेकै दिन ओलीविरुद्ध रावलका ५ आरोप फोटो जलाउनेलाई पक्राउ गर्दा पपुलारिटीका लागि प्रचण्डले विरोध गरे, यो उनको पुरानै शैली होः महेश बस्नेत ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाँकेमा एक जना पक्राउ अदालतले रोक्दारोक्दै ट्रम्प प्रशासनद्वारा सयौँ ग्याङ मेम्बर डिपोर्ट सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ