१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको शहीद स्मारकमा श्रद्धाञ्जलि सभा

१६ माघ २०७४, मंगलवार ०७:३०

माघ १६, हेटौँडा | शहीद दिवशका उपलक्ष्यमा मकवानपुर जिल्ला समन्वय परिषद्द्वारा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित शहीद स्मारकमा आज बिहान श्रद्धाञ्जलि सभाको आयोजना गरियो । 

श्रद्धाञ्जलि समारोहमा प्रतिनिधिसभाका सदस्यद्वय विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, प्रदेशसभाका सदस्य डोरमणि पौडेल र मकवानपुर जिल्ला समन्वय परिषद्का अध्यक्ष रघुनाथ कुलाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले फूलगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र कृष्णप्रसाद दाहालले वर्तमान संविधानलाई कार्यान्वयन गर्ने काममा प्रमुख दलले आपसमा समन्वयका साथ स्थानीय निकाय र संघीय सरकारलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउँदै अब जनतालाई आर्थिक समृद्धितर्फ लैजान आत्मनिर्भर बनाउने योजनालाई कार्यान्वयन गर्न एकजुट हुन आग्रह गर्नुभयो । 

त्यसअघि स्थानीय नवलपुरबाट निस्केको एक बृहत र्यालीले पैदलयात्रा गरी स्थानीय शहीद स्मारकमा पुगेर श्रद्धाञ्जलि सभामा परिणत भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार