2026-09-08 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

हेटौँडाको शहीद स्मारकमा श्रद्धाञ्जलि सभा

माघ १६, हेटौँडा | शहीद दिवशका उपलक्ष्यमा मकवानपुर जिल्ला समन्वय परिषद्द्वारा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित शहीद स्मारकमा आज बिहान श्रद्धाञ्जलि सभाको आयोजना गरियो । 

श्रद्धाञ्जलि समारोहमा प्रतिनिधिसभाका सदस्यद्वय विरोध खतिवडा, कृष्णप्रसाद दाहाल, प्रदेशसभाका सदस्य डोरमणि पौडेल र मकवानपुर जिल्ला समन्वय परिषद्का अध्यक्ष रघुनाथ कुलाललगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले फूलगुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गर्नुभयो । 

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र कृष्णप्रसाद दाहालले वर्तमान संविधानलाई कार्यान्वयन गर्ने काममा प्रमुख दलले आपसमा समन्वयका साथ स्थानीय निकाय र संघीय सरकारलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउँदै अब जनतालाई आर्थिक समृद्धितर्फ लैजान आत्मनिर्भर बनाउने योजनालाई कार्यान्वयन गर्न एकजुट हुन आग्रह गर्नुभयो । 

त्यसअघि स्थानीय नवलपुरबाट निस्केको एक बृहत र्यालीले पैदलयात्रा गरी स्थानीय शहीद स्मारकमा पुगेर श्रद्धाञ्जलि सभामा परिणत भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग