१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहाका ७० भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण

१६ माघ २०७४, मंगलवार ०८:१२

माघ १६, लहान | जिल्ला जनस्वास्थ्य कार्यालयले मातहतमा रहेका ७० वटा भन्दा बढी स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ । 

नयाँ व्यवस्थाअनुसार स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको कार्यालयका प्रमुख डा चुमनलाल दासले जानकारी दिनुभयो । 

जिल्लाको मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिकासहित विष्णुपुर गाउँपालिका, औरही गाउँपालिका, भगवानपुर गाउँपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, नवराजपुर गाउँपालिका र अर्नमा गाउँपालिका क्षेत्रभित्र पर्ने स्वास्थ्य संस्थालाई सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 

हस्तान्तरण गर्न बाँकी रहेका सुखीपुर नगरपालिका, लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सिरहा नगरपालिका, कल्याणपुर नगरपालिका, नरहा गाउँपालिका र सखुवानन्कारकट्टी गाउँपालिकाभित्र रहेका स्वास्थ्य संस्था पनि केही दिनभित्रै हस्तान्तरण गरिसक्ने प्रमुख डा दासको भनाइ छ । 

सिरहामा दुई वटा सरकारी अस्पतालसहित १०४ हेल्थपोष्ट, तीन वटा शहरी क्लिनिक र एउटा सामुदायिक स्वास्थ्य एकाइ रहेको उक्त कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार