2026-09-19 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा गैरकानुनी रुपमा क्लिनिक सञ्चालित

माघ १६, उदयपुर | कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् । 

गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीयवासी शम्भुप्रसाद दाहालले बताउनुभयो । अविनाश प्याकुरेल नेतृत्वको टोली दुई दिनसम्म बस्दा पनि अवैध औषधि पसल सञ्चालकले बन्द गरेका थिए । 

अनुगमन टोली विराटनगर प्रस्थान गर्नेबित्तिकै अहिले फेरि त्यस्ता अवैध औषधि पसल र क्लिनिक पुनःसञ्चालन हुन थालेको कटारी त्रिवेणीका हेमराज कार्की बताउनुहुन्छ । सगरमाथा अस्पताल, देव मेडिकल, रोहित रोशन मेडिकल, साझा पोलिक्लिनिकसहित दर्जनौ  औषधि पसल र क्लिनिक अहिलेसम्म पनि गैरकानुनी रुपमा सञ्चालन हुँदै आएको आरोप कटारी बजारकै एक पुराना मेडिकल सञ्चालकले लगाए । 

यस्ता अवैध पसलसँग आधिकारिक कागजात नभएको र धेरैले करसमेत नतिरेको वा करको दायरामा नआएको क्षेत्रीय औषधि कार्यालय विराटनगरका कर्मचारीले बताएका छन् । इजाजतपत्र नभएका अवैध क्लिनिक तथा औषधि पसलले औषधिको मूल्य दोब्बर लिने र बिरामी जाँच गर्दा महँगो शुल्क लिने गरेको आरोप लगाइएको छ । 

कतिपय क्लिनिकले बिरामीलाई गलत औषधि सिफारिस गर्ने र लामो समयसम्म आफ्नै क्लिनिकमा झुलाएर राख्ने गरेको कटारी हरैयाका देवबहादुर कटुवालको भनाइ छ । यस्ता अवैध क्लिनिकको भरपर्दा अन्त्यमा बिरामी उपचारका लागि बाहिर जान बाध्य हुनुपर्ने र कतिपयको ज्यान नै जाने गरेको कटारीवासी बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई