२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा पाँच हजार ७२४ भूकम्प प्रभावितबाट नाम छुटेको भन्दै निवेदन

२०७४, १६ माघ मंगलवार ०९:०२

माघ १६, चितवन | भूकम्पले घर भत्काएको तर लगत संकलनमा आफ्नो नाम छुटेको भन्दै पाँच हजार ७२४ जनाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयमा निवेदन दिएका छन् । 

कार्यालय प्रमुख राजेन्द्र कार्कीका अनुसार भरतपुर महानगरपालिकाबाट ३६४ वटा र रत्ननगर नगरपालिकाबाट ९८७ निवेदन प्राप्त भएका हुन् । 

यस्तै खैरहनी नगरपालिकाबाट ५२७, राप्ती नगरपालिकाबाट ९२२, माडी नगरपालिकाबाट १५, कालिका नगरपालिकाबाट एक हजार ७८० र इच्छाकामना गाउँपालिकाबाट एक हजार १२९ जनाले निवेदन दर्ता गराएको कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उजुरी आउने क्रम जारी छ । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण जिल्लामा सात हजार ३३५ घरपरिवारको भौतिक संरचनामा क्षति भएको तथ्याङ्क उतारिएको थियो । सो तथ्याङ्क लिँदा आफूहरु छुटेको भन्दै उनीहरुले पुनःनिर्माण र मर्मतका लागि निवेदन दर्ता गराएका हुन् । कार्कीका अनुसार छुटेकाको संख्या पनि झण्डै सात हजार हाराहारी पुग्ने अनुमान छ । 

छुटेका निवेदन संकलन गरी केन्द्रमा पठाइएको र केन्द्रको निर्णयअनुसार नै थप के गर्न सकिन्छ निधो हुने कार्कीले बताउनुभयो । 

शुरुमा निवेदन दिएका र प्रमाणित भएकामध्ये पहिलो किस्ता पाँच हजार ३२३ जनाले लिइसकेका छन् । 

दोस्रो किस्ताका लागि १९१ घर परिवारले निवेदन दिएका छन् । उनीहरुको निवेदन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट प्रक्रिया अघि बढिसकेको छ । तीमध्ये पनि १३ जनाले अन्तिम किस्ताका लागिसमेत निवेदन दिएको कार्यालयका प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने व्यवस्था छ । 

मर्मतका लागि भने ३५९ घरले रु ५० हजार लगिसकेका छन् । मर्मत गर्नु पर्ने घर ५९३ छन् । उनीहरुले रु एक लाखसम्म मर्मतका लागि पाउने व्यवस्था छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा