२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको त्रिभुवन माविलाई २० लाख सहयोग

२०७४, १७ माघ बुधबार ०५:४०

माघ १७, गुल्मी | गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ । 

मुसिकोट नगरपालिका–६, कुर्घा, भुवाचिदीस्थित विद्यालयका लागि सोही वडा कुर्घा देउताथान जन्म भई हाल चितवन बसोबास गर्दै आउनुभएका घनश्याम शर्माले रु २० लाख पाँच हजार एक रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । 

विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहनुभएका उहाँ हाल भने रोजगारीको सिलसिलामा बेल्जियममा कार्यरत हुनुहुन्छ । शर्माले आफ्नी स्व माता डिलादेवी शर्मा पँगेनीको सम्झनामा डिलादेवी स्मृति सभाहल र डिलादेवी स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने गरी उक्त आर्थिक सहयोग गर्नुभएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । 

स्थापनाको ५० वर्ष पुगेको अवसरमा विद्यालयले आउँदो फागुन ३ देखि ७ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ । यतिबेला महोत्सवको नारा ‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित महोत्सवलाई लक्षित गर्दै आर्थिक संकलन र प्रचार प्रसारलाई तिव्रता दिएको विद्यालयका शिक्षक रायमाझीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो