२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीको त्रिभुवन माविलाई २० लाख सहयोग

१७ माघ २०७४, बुधबार ०५:४०

माघ १७, गुल्मी | गुल्मीको त्रिभुवन माध्यमिक विद्यालयलाई भूपूविद्यार्थीबाट रु २० लाखभन्दा बढी आर्थिक सहयोग प्राप्तभएको छ । 

मुसिकोट नगरपालिका–६, कुर्घा, भुवाचिदीस्थित विद्यालयका लागि सोही वडा कुर्घा देउताथान जन्म भई हाल चितवन बसोबास गर्दै आउनुभएका घनश्याम शर्माले रु २० लाख पाँच हजार एक रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो । 

विद्यालयका भूतपूर्व विद्यार्थीसमेत रहनुभएका उहाँ हाल भने रोजगारीको सिलसिलामा बेल्जियममा कार्यरत हुनुहुन्छ । शर्माले आफ्नी स्व माता डिलादेवी शर्मा पँगेनीको सम्झनामा डिलादेवी स्मृति सभाहल र डिलादेवी स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने गरी उक्त आर्थिक सहयोग गर्नुभएको विद्यालयका शिक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । 

स्थापनाको ५० वर्ष पुगेको अवसरमा विद्यालयले आउँदो फागुन ३ देखि ७ गतेसम्म स्वर्ण महोत्सव मनाउने भएको छ । यतिबेला महोत्सवको नारा ‘गुणस्तरीय प्राविधिक शिक्षा, नमूना विद्यालय हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित महोत्सवलाई लक्षित गर्दै आर्थिक संकलन र प्रचार प्रसारलाई तिव्रता दिएको विद्यालयका शिक्षक रायमाझीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…