२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

नेपालको भुमिमा बाटो बनाउदा भारतको अबरोध

२०७४, १७ माघ बुधबार ०७:०८

माघ १७, भीमदत्तनगर | कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली भूमिमा सडक बनाउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको विषयमा दुवै देशका सुरक्षा निकायबीच नेपाल–भारत संयुक्त सर्वे टोलीलाई पर्खेर विवाद समाधान गर्ने सहमति भएको छ । 

केही दिनअघि सडकघाटमा आफ्नै भूमिमा सडक बनाउने क्रममा भारतीय सुरक्षाकर्मीले दशगजामा पर्ने भन्दै अवरोध पुर्याएको बेलौरीका स्थानीयवासीको दाबी छ । उक्त विषयलाई लिएर विवाद बढाउनुभन्दा संयुक्त सर्वे टिमले समस्या समाधान गर्ने भन्दै सो विषयमा अनावश्यक अपवाह नफैलाउने सहमति बनेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रदेशसभा सदस्य कुलवीर चौधरी, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी, इलाका प्रहरी कार्यालय बेल्डाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बम, सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट बेलौरीका भीमसिंह थापा र भारतीय सीमा सुरक्षा बल (एसएसबी) कम्पोजनगरका प्रमुख सन्दीपकुमार सिंहलगायत स्थानीय बुद्धिजीवीको छलफलसमेत भएको थियो । 

सो छलफलमा सीमानाकामा आवागमनमा दुवै पक्षबाट कुनै किसिमको अवरोध नगर्ने, सद्भाव कायम राख्ने र सीमामा हुने अपराधको रोकथामका लागि संयुक्त गस्ती गर्ने सहमति भएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरीले जानकारी दिनुभयो । उक्त विषयमा मंगलबार दुवैपक्षबीच सडक निर्माणस्थलमै सहमति भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा