१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितको नाममा काठ बेच्दै

१७ माघ २०७४, बुधबार ०७:३७

माघ १७, बनेपा | काभ्रेपलाञ्चोकमा घर बनाउन नपर्नेले पनि भूकम्पपीडितको नाममा काठ बेच्ने गरेका छन् । 

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले बनेपामा आयोजना गरेको दिगो शान्तिका लागि संवाद कुञ्जमा काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडाले पुनःनिर्माण गरिसकेका व्यक्तिले पनि भूकम्पपीडितको रातो कार्ड लिएर त्यसको दुरुपयोग गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो– “भूकम्पपीडितको नाममा काठ लिएर बेच्ने गरेको पाइएको छ, यो वास्तविक भूकम्पपीडितमाथिको अन्याय हो ।” जिल्ला वन कार्यालयका वन अधिकृत प्रेम खनालले भूकम्पपीडितको पुनःनिर्माणको विषयमा आफू गम्भीर भएको उल्लेख गर्दै पुनःनिर्माणको काठका लागि टिसिएनलाई पत्राचार भएको बताउनुभयो । 

उहाँले भन्नुभयो– “कतिपय उपभोक्ता सालको काठ नै चाहिन्छ भन्नुहुन्छ तर उत्तीस, सल्लाको काठ पनि उपचार गरेर प्रयोग गर्न सकिन्छ ।” वन अधिकृत खनालले कमजोर काठलाई बलियो बनाउन पाँचखालमा ‘उड ट्रिटमेण्ट प्लान्ट’ स्थापना गरिएको जानकारी दिनुभयो । 

भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले सिमेन्टको मूल्य बढेको कारण पुनःनिर्माण प्रभावित भएको बताउनुभयो । उद्योग वाणिज्य संघ, बनेपाका अध्यक्ष प्रकाश मानन्धरले गाडी भाडा बढ्दा त्यसको प्रभाव पुनःनिर्माणसँग सम्बन्धित सामग्रीमा पनि परेको बताउनुभयो । 

पुनःनिर्माणका लागि जिल्लामा उपभोक्ताले अहिलेसम्म २७ हजार क्युफिट काठ लिएको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार