२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी: घरमै निशुल्क कुखुरा पाएपछि सुत्केरी आमाहरु खुसी

२०७४, १७ माघ बुधबार १५:३५

प्रेम सुनार/माघ १७, गुल्मी । इस्मा गाउँपालिका २ हस्तीचौरकी गीता कुवंर गत मंसिर महिनामा सुत्केरी भएकी थिईन । 

उनको घरमा साढे दुई महिनाको छोराका अवूथा द्ख्दा खासै  पौष्टिक आहारा पुगेको जस्तो देखिन्न । गाउँमा खान मन लागेको सवै थोक सहज रुपमा पाइदैन् । ‘मन लाएको तरकारी र माछा मासु खान सदरमुकाम पुग्नै पर्छ,’सुआहारा २ कार्यक्रम गुल्मीले वितरण गर्ने कुखुरा लिन आएकी गीताकी सासु बेलकुमारी कुवंरले भनिन,‘अव अण्डाको लागि सहज भयो ।’ 


त्यस्तै सोहि स्थानकी कल्पना कुवंरको पनि १५ महिनाको छोरी छन् । पाँच वटा कुखुरा निशुल्क पाएपछि उनी पनि निकै खुसी छन् । ‘गाउँमा मासुको लागि बोइलर बाहेक पाइदैन, त्यो स्वास्थयकर हुँदैन रे,’उनले भनिन,‘स्याल र चिलबाट बचाउन सके अण्डा प्ररस्तै हुने भए ।’ 

सोहि स्थानकी गंगा मुखियाको घरमा पनि चार महिनाकी सुत्केरी बुहारी छन् । बिपन्न परिवार भएकाले हप्ता दिनमा एक पटक पनि माछा मासु सम्भव छैन् । त्यसैले पनि कोखिलामा कुखुरा च्यापेर घर फर्कदै गरेकी गंगाको मुहारमा फिका मुस्कान थियो । ‘पाँच वटा कुखुरा फ्रि मा पाउँदा खुसी नहुने त कुरै भएन,’उनले भनिन,‘ अझ दैनिक एउटा अण्डा दिन्छ रे ।’

झण्डै १६ हजार कुखुरा वितरण

गुल्मीका गर्भवतीदेखि सुत्केरी अवस्थासम्मका अति बिपन्न तीन हजार एक सय ५४ जना आमाहरुलाई झण्डै १६ हजार कुखुरा वितरण गरिदैछ । एच.के.आईको आर्थिक तथा प्राविधिक सहयोगमा सुआहारा २ कार्यक्रमले यो बर्ष १५ हजार सात सय ७० कुखुरा वितरण गर्दैछ । सुआहारा कार्यक्रम मार्फत जिल्ला विकास समिति गुल्मीले निर्धारण गरेका अति विपन्न घर परिवारहरुलाई कुखुरा बितरण गरिरहेको छ । 

साविकका १९ गाविसका तीन हजार एक सय ५४ घरधुरीका १५ हजार सात सय ७० जना आमाहरुले कुखुरा पाउने सुआहारा कार्यक्रमको घरयासी खाद्यान्य उत्पादन तथा बजारीकरण अधिकृत प्रदिप थापाले बताए । अहिलेसम्म साविकका १५ गाविसका १२ हजार पाँच सय २८ आमाहरुलाई कुखरा वितरण गरिएको छ । 


अब पाँच वटा स्थानमा कुखुरा बितरण गर्न बाँकी रहेको सुआहारा गुल्मीले जनाएको छ । इस्मा गाउँपालिकाका १ र दुई वडामा मात्रै मंगलबार दुई सय ७५ आमाहरुलाई एक हजार तीन सय ७० कुखुरा बितरण गरिएको छ । एक घरपरिवार वा एक आमाहरुलाई पाँच वटाका दरले कुखुरा वितरण गरिएको छ । उनीहरुलाई दुईवटा भाले र तीन वटा पोथी वितरण गरिएको छ । 

पौष्टिक आहारको उपयोग दर बढाउने उदेश्य

सुआहारा गुल्मीका कार्यक्रम संयोजक ज्ञानदिप आचार्यका अनुसार आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो । यो प्रजातीका कुखुराले वर्षदिनमा दुई सय ८० भन्दा बढी अण्डा उत्पादन गर्दछ । सुनौलो हजारका आमा र बच्चालाई पोषणयुक्त खानाको रुपमा अण्डा राम्रो हुने भएकोले आफुहरुले कुखुरा वितरण गरेको कार्यक्रम संयोजक आचार्यले बताए । 

गर्भवती भएदेखि बच्चा दुई वर्षको हुँदासम्मको दिनलाई सुनौला हजार दिन भनिन्छ । यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकोले पनि यो समयमा पौष्टिकयुक्त खानाको निकै आवश्यकता पर्दछ । जुन तत्व अण्डाबाट बढी प्राप्त हुने सुआहारासंगको साझेदार संस्था एकिकृत ग्रामिण विकास समाजका कार्यकारी निर्देशक गणेश श्रीपालीले बताए ।

‘अण्डामा एउटा सिंगो शरीर निर्माण हुने तत्व पाइन्छ,’उनले भने,‘गर्भवती हुँदा आमाले खानुपर्ने र बच्चा छ महिनाको भएपछि स्वयमलाई नै खुवाउनुपर्छु ।’ कुखुरा वितरण गर्दै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सुआहारा कार्यक्रमले महिला र विपन्न समुदायका लागि खेलेको भुमिका अत्यन्तै महत्पूर्ण भएको बताए । 

‘सुआहारा मार्फत धेरै महिला दिदि बहिनीहरुको खानपान र आनीबानीमा समेत परिवर्तन आएको पाएका छौ,’उनले भने,‘सुआहारा र गाउँपालिकाको संमन्वयमा धेरै काम गर्नुपर्ने छ ।’ 

कुखुरा पालत तथा नर्सरी व्यावस्थापन तालिम

कुखुरा पाउने साढे ३१ सय आमाहरुलाई दुई किसिमको तालिम समेत प्रदान गरिएको एकिकृत ग्रामिण विकास समाज गुल्मीका अध्यक्ष हिरा एसीले बताए । सवै आमाहरुलाई एक दिने कुखुरा पालन तथा एक दिने नर्सरी व्यावस्थापन सम्बन्धि तालिम प्रदान गरिरहेको उनले बताए । उनीहरुलाई १० प्रकारका तरकारीका बिउहरु पनि प्रदान गरिएको छ । 

भने कुखुरा पाउने साढे ३१ सय आमाहरु मध्ये ३० प्रतिशत झनै बिपन्न घर परिवारलाई वडा तथा गाउँपालिकाको सिफारिसको आधारमा खोर निर्माणका लागि १२ सय पनि प्रदान गरिएको अध्यक्ष एसीले बताए । 

तीन हजार एक सय ५३ को ३० प्रतिशत अर्थात नौ सय ४७ आमाहरुले अर्धबन्धित खोर निर्माणका लागि १२ सय पाउने छन् । जसका लागि ११ लाख ३६ हजार चार सय खर्च हुनेछ । 

फोटो: सुआहारा गुल्मीको आयोजनामा इस्मा गाउँपालिका २ हस्तिचौरको छल्दी टारमा सुनौला हजारा दिनका आमाहरुलाई कुखुरा बितरण गर्दै गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट सहित सुआहाराको टोली । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा