२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा असी घर चेपाङलाई खाद्यान्न र लत्ताकपडा

१८ माघ २०७४, बिहीबार ०७:१७

माघ १८, चितवन | सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । 

चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएको हो । राप्ती नगरपालिका–१० स्थित चौकीडाँडाका महेन्द्र चेपाङले जाडोले कठ्याङ्ग्रिएका चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको भन्दै संस्थाको कामको प्रशंसा गर्नुभयो 


‘वे ग्रुप’ले राप्ती नगरपालिका–१० स्थित नान्दार, बाँसपानी, चौकीडाँडा र इच्छाकामना गाउँलालिका–१ स्थित कोलभञ्ज्याङ, भाराङ, जाइथली, साप्रेनी र थाप्राङ गाउँका ८० घर परिवारलाई ८० बोरा चामलसहित लत्ताकपडा वितरण गरिएको समूहका सदस्य नवीन कँडेलले जानकारी दिनुभयो । 

उनीहरुले गएको शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म नारायणगढका व्यवसायीबाट सहयोग जुटाएर चेपाङ बस्तीमा पुर्याइएको समूहका सदस्य शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उनीहरुलाई नारायणगढको हङकङ बजार, बिग बजार, गंगोत्री बजार र मिलनरोडका केही फेन्सी व्यवसायीले आवश्यक लत्ताकपडा सहयोग गरेका थिए । 

‘वे ग्रुप’ले यसअघि गत साउनमा आएको बाढीबाट प्रभावित क्षेत्र माडीमा पनि आवश्यक भाँडाकुँडा, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको थियो । जिल्लामा उक्त समूहले गुट्खामुक्त अभियान चलाइरहेको छ । हरेक सोमबार सरसफाइ अभियानसमेत गर्दै आएको ग्रुपका सदस्य भोजनारायण कँडेलले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य