2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

माघ पुर्णिमामा तातो पानीमा नुहाउनेको भिड

दान बहादुर बुढा/माघ १८, मुगु  । छायानाथ रारा नगरपालिका वडा नम्बर १३ रुगा गाउँ नजिकै रहेको तातो पानीको कुण्डमा माघ पुर्णिमाको दिनमा नुहाउदा शरीरमा रहेको बिभिन्न रोग सन्चोहुर्ने बिशुवासले नुहाउनेको भिड लाउको छ । 

जब मंसिर महिना सुरु हुन्छ अनि त्यहाँ नुहाउन जानेको दैनिक भिड लाग्छ । सदरमुकाम गमगढी देखि करिब एक घण्टा मात्र टाढा रहेको तातो पानी कुण्डमा अहिले प्रति दिन एक सय देखि एक सय पचास जनासम्म नुहाउन जाने गरेको रुगा गाउँका स्थानीयवासीकोे भनाई छ । 

आज भन्दा झण्डै तिस बर्ष पहिले अहिलेको तातोपानीको कुण्ड रहेको स्थान भन्दा केहि माथी चौरमा ठुलो धारा रहेको र त्यस भन्दा तल ओडारमा एक सय जना जति अटाउने कुण्ड रहे पनि माघे संक्रान्तिको मेला लाग्ने दिनमा ओडार भत्किएको थियो । 

ओडार भत्किदा एक जना महिलाको मृत्यु भएको र एक जना घाईते भए देखि त्यहाँ नुहाउन जाने मान्छेको संख्या घट्दै गएको र पानि पनि जमिन मुनि छिरेर कर्णाली नदिको किनारमा निस्केको स्थानीयको भनाई छ । 

 सदरमुकाम नजिकै तातो पानीको कुण्ड रहेको तथा त्यसलाई व्यवस्थित गर्न सके पर्यटन व्यवसाय फस्टाउन सक्ने स्थानीयको विश्वास छ । स्थानीयवासी तातोपानीमा नुहाउदा, शरिरमा रहेका धेरै रोगहरु निको हुने विश्वास गर्दछन । विशेष गरि तातो पानी नुहाउन पुग्ने महिला र बृद्ध बृद्धा धेरै छन । 

तातो पानीमा नुहाउदा पेट दुखने , टाउको दुख्ने, हात गोडा दुख्ने तथा शरिरका जोर्नीहरु दुख्ने जस्ता रोगहरु निको हुने भएकाले हरेक वर्षको हिउदमा नुहाउन आउने गरेको छायानाथ रारा नगरपालिका वडा नम्बर ३ कि ४० वर्षिया राजकला बि.कले बताईन ।

 माघे संक्रान्ति र माघ शुक्ल पुर्णिमाको दिन तातो पानीमा नुहाउदा शरिरमा भएका रोगहरु निको हुने विश्वासले अधिकाँश स्थानीयवासी नुहाउन पुग्दछन भने अन्य दिनमा पनि तातो पानीमा नुहाउनेको संख्या पनि कम छैन । 

तातो पानीलाई व्यवस्थित गरि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्रयाउन सके समग्र जिल्लालाई नै चिनाउन सकिने अवस्था रहेको भन्दै नगरपालिकाले त्यसलाई व्यवस्थित गर्नेको लागी पहल भई रहेको छायानाथ रारा नगरपालीका वडा नमबर १३ का बडा अध्क्षय चत्र बहादुर सावतले बताएका छन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल