कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष "/>

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा: मदिरा विक्रीवितरण तथा प्रयोगमा रोक

२०७४, १९ माघ शुक्रबार ०३:१५

राम नारायण पंडित/माघ १९, सिरहा । कल्याणपुर नगरपालिकाका केहि बडामा मदिरा बिक्रीबितरण तथा प्रयोगमा रोक लगाईएको छ । 

कल्याणपुर नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष दिपेन्द्र यादबको अध्यक्षतमा बुधबार बसेको बैठकले सर्बसम्मतले साबिक गाबिस बिष्णपुर, चिकना र भोक्राहा तथा हाल कल्याणपुर नगरपालिका बडा नं. ४, ५ र ६ मा जाँडरक्सी बिक्री बितरण र प्रयोगमा रोक लगाईएको छ ।  

समाजमा जाँड रक्सी सेवनबाट हुने विकृति विसंगति, होहल्ला, झै–झगडाको अन्त्य गरि समाजलाई शान्त बनाउन जाँड रक्सी निषेधित क्षेत्र घोषणा गरिएको बडा नं. ६ का बडा अध्यक्ष मोतिबुल राइनले बताए । 

तिनै बडा क्षेत्र भित्र पसलहरुमा रहेका जाँडरक्सी माघ मसान्त भित्र बिक्रीबितरण गरिलिन निर्देशन दिँदै फाल्गुन १ गतेबाट पाईएमा पहिलो पटक पसलेलाई रु. ५ हजार र प्रयोगकर्तालाई रु. २ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । 

बैठकले तिनै बडालाई भोजपुरी गित मुक्त क्षेत्र घोषणा गरिएको छ । निर्णय बिपरित भोजपुरी गितसंगित बजाएमा रु. ५ हजार जरिवाना गर्ने निर्णय गरिएको छ । भोजपुरी गितले समाजमा बिकृति, बिसंगति फैलाउने भएकोले रोक लगाईएको छ । यसले भैm–झगडा हुनुका साथै बालबालिका र महिलालाई नाकारात्मक असर पार्ने भएकाले आफूहरुले अभियान नै थालेको बडा अध्यक्ष राइनले स्पष्ट गरे । 

बैठकले तिनै बडा क्षेत्रमा पर्ने कमला नदिबाट जथाभाबी गिटी र बालुवा निकासी गर्न नदिने निर्णय गरिएको छ । बिद्यार्थीहरुलाई शौक्षिक अध्ययन कार्ड उपलब्ध गराई पठनपाठनमा प्रोत्साहन गर्ने समेत निर्णय गरिएको छ । 

बैठकले १६ बर्ष मुनिका युवायुवतिलाई मोवाईल र मोटरसाइल प्रयोग गर्न रोक लगाईएको बडा अध्यक्ष राईनले जनाए । मोवाइलले समाजमा बिकृति बढाएको बैठकले निष्कर्ष निकाल्दै निर्णय बिपरित प्रयोग गरेको पाईएमा पहिलो पटक रु. ५ सय जरिवाना गर्ने निर्णय गरिएको जारी बिज्ञप्तीमा उल्लेख रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला