२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सरकारी वृद्धाश्रम दाताको सहयोगमा धानिँदै

१९ माघ २०७४, शुक्रबार ०६:२३

माघ १९, चितवन | पवित्र तीर्थस्थल देवघाट धाममा सरकारी तवरबाट सञ्चालित वृद्धाश्रम दाताको सहयोगबाट धानिएको छ । 

विगत केही वर्षयतासम्म सरकारी बजेटको अभावमा दैनिक खाद्यान्न जुटाउन कठिन परेको देवघाट समाज कल्याण केन्द्रमा पछिल्ला वर्षमा खाद्यान्न र लत्ताकपडा किन्नु परेको छैन । देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको यस केन्द्रमा नौ वृद्ध र १९ जना वृद्धा रहेका छन् । 

केन्द्रको व्यवस्थापन हेर्दै आउनुभएका ढकराज कोइरालाका अनुसार चार वर्षअघिसम्म बजेटको अभावमा वृद्धवृद्धालाई पालन पोषणका लागि विभिन्न ठाउँमा गुहार्नुपथ्र्याे । विसं २०५२ मा स्थापना गरिएको केन्द्रमा वार्षिक रु २५ लाख हाराहारी खर्च हुने गर्छ । 

गतवर्ष दाताले पुण्यतिथि, जन्मदिन, स्मृति दिन, वैवाहिक गठबन्धनका दिन वृद्धवृद्धाका लागि खानाका लागि दिएको रकममात्र रु १३ लाख ४९ हजार जम्मा भएको कोइरालाले बताउनुभयो । यसका अतिरिक्ति दाताले चामल, तेल र आवश्यक सम्पूर्ण लत्ताकपडा उपलब्ध गराउने गर्छन् । 

कोइरालाले भन्नुभयो, “विगत चार वर्षदेखि कपडा किन्नु परेको छैन भने तीन वर्षदेखि चामल किनिएको छैन ।” दाताहरुले विशेष दिनमा वृद्धवृद्धालाई विशेष खाना खुवाउन चाहेमा एक दिनको रु छ हजार दिनुपर्ने हुन्छ । सादा खानाको रु पाँच हजार तिर्नु पर्छ । विशेष खानामा पनिर, घ्यू , बासमती चामल र दूधसमेत रहने उहाँले बताउनुभयो । 

आफ्नो विशेष दिनमा खाना खुवाउने ११० जना नियमित रहेका छन् भने अन्य दिनहुँजसो आउने गर्छन् । क्षेत्र विकास समितिले सम्बन्धित स्थानीय निकायको सिफारिसमा पालनपोषण गर्ने आफन्त नभएका ६५ वर्ष नाघेका वृद्धा र ७० वर्ष नाघेका वृद्धलाई वृद्धाश्रममा राख्दै आएको छ । ती वृद्धवृद्धाका लागि कतिपय दाताले नगद सहयोग पनि गर्ने गर्छन् । 

दाताले दिएको रकम र आफूले पाउने वृद्धभत्ताबाट कतिपयले आफूलाई मन परेका खानेकुरा खाने र आफू र आफ्ना श्रीमान् वा श्रीमतीको जन्मदिन, पुण्य तिथिमा सँगै रहेका अरुलाई खाना खुवाउनेसमेत गर्छन् । 

सरकारी तबरबाट महिला विकास कार्यालयमार्फत बजेट निकासा हुने भए पनि न्यून बजेटमात्र आउने गरेको देवघाट क्षेत्र विकास समितिका पुराना कर्मचारी किरण पौडेलले बताउनुभयो । गत आर्थिक वर्षमा रु पाँच लाखमात्र प्राप्त भएको थियो । 

देवघाट क्षेत्र विकास समितिका ओभरसियरसमेत रहनुभएका पौडेलका अनुसार आउँदो वर्षबाट दोब्बर क्षमतामा वृद्धाश्रम सञ्चालन गर्न पुग्ने गरी संरचना निर्माण गरिँदैछ । वृद्धवृद्धालाई पालन पोषणका लागि सहयोग गर्न समितिका छजना कर्मचारी परिचालन भएका छन् । 

उनीहरुको स्वास्थ्य उपचार, त्यही अगाडि रहेको अस्पतालमा हुने गरेको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले पछिल्लो समय वृद्धवृद्धालाई मायाँ गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा आर्थिक अभावमा रहेको केन्द्र दाताको सहयोगमा सहज सञ्चालन भएको बताउनुभयो । 

केन्द्रमा थप वृद्धवृद्धा राखेर उनीहरुलाई राम्रो पालनपोषण गर्ने क्षेत्र विकास समितिको उद्देश्य रहेको उहाँले बताउनुभयो । दाताकै सहयोगका कारण केन्द्र सञ्चालन गर्न क्षेत्र विकास समिति तड्पनु नपरेको उहाँको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य