व्यवहारिक शिक्षा आजको आवश्यकता: प्रिन्सिपल तिवारी

Posted on: 03 Feb, 2018

राम नारायण पंडित/माघ २०, सिरहा । अबको शिक्षा शैद्धान्तिक भन्दा व्यवहारिक हुनुपर्ने सगरमाथा माध्यमिक बिद्यालय मिर्चैयाका प्रिन्सिपल प्रदिप कुमार तिवारीले बताएका छन् । 


बिद्यार्थीका उपलब्धि ससर्टिफिकेट प्राप्तमा नभई त्यसको प्रतिफल ल्याई सहज जिवनयापन गर्न सक्ने हुनुपर्नेमा प्रिन्सिपल तिवारीले जोड दिएका छन् । शहिद दिबसको अबसरमा आयोजना गरिएको चार दिबसीय खेलकुद प्रतियोगिताको शुक्रबार समापन सभालाई सम्बोधन गर्दै तिवारीले देश संघियतामा गएसँगै अव शैक्षिक शौली र शिक्षालाई व्यवहारिक बनाउनुपर्ने र आधुनीकिकरण तर्फ लग्नुपर्ने बताए । 

बेरोजगारी हटाउँदै स्वदेशमै आत्मनिर्भरताको खोजीगर्न प्राविधिक शिक्षा आवश्यक रहेको समेत उनले स्पष्ट गरे । उनले समग्र क्षेत्रको विकासका लागि शिक्षाको भुमिका पहिलो स्थानमा हुने भएकाले शिक्षा पनि व्यवहारीक र गुणस्तरीय हुनुपर्ने बताए । 

सजिलै जीवनयापन गर्न सक्ने सिपयुक्त शिक्षा आजको आवश्यकता भएको र युग अनुसारको समय सापेक्ष र व्यवहारिक शिक्षा नहुँदा देशमा दक्ष जनशक्तिको अभाव रहेकोले अभावको पूर्तिको लागि गुणस्तरिय शिक्षामा जोड आफुहरुले दिएको प्रिन्सिपल तिबारीले दाबी गरे । 

आफुले गर्ने शैक्षिक गतिबिधिमा स्थानिय तहका जनप्रतिनिधिहरुको सहयोगको आवश्यक्ता रहेकोले आबश्यक सहयोग गरिदिन उनले जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

मिर्चैयामा सुबिधा सम्पन्न खेल एकेडेमी निर्माण गर्ने लक्ष्य रहेको समेत प्रिन्सिपल तिबारीले खुलासा गरे । बिद्यार्थीहरुको सर्वांगिण विकासका लागि खेल जगतको ठूलो भुमिका रहेकोले खेल मैदान निर्माण गरि दक्ष खेलाडी उत्पादन गरि देशबिदेशको खेलमा सहभागि गराउने समेत उनेल उदघोष गरे । 


आफुहरुले बिद्यार्थीहरुलाई सगरमाथा मावि मिर्चैयामा राष्ट्र स्तरको शिक्षा प्रदान गरिरहेकोले पढ्नका लागि बाहिर जाने आवश्यकता नरहेको समेत प्रिन्सिपल तिवारीले जिकिर गरे । 

बिद्यालयका प्रिन्सिपल तिवारीको अध्यक्षता तथा मिर्चैया नगरपालिका मेयर श्रबण कुमार यादबको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुको साथै उत्कष्ट बिद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गरिएको थियो । 

कार्र्यकममा मिर्चैया नगरपालिका उपमेयर जिबछी देबी साह, शहिदनगर नगरपालिका धनुषाका मेयर उदय बरबरिया, एनप्याबसनका प्रदेश अध्यक्ष जयप्रकाश चौधरी लगायतका उपस्थित रहेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!