२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लमही खानेपानीको चुनाव पुस १५ गते

७ पुष २०७२, मंगलवार ०२:४९

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वकालागी पुस १५ गते निर्वाचन हुने भएको छ ।

निर्वाचन मण्डलले प्रकाशीत गरेको चुनावी कार्यतालीका अनुसार पुस १५ गते मदतान हुने जनाइएको छ । सार्वजनिक निर्वाचन कार्यतालीका अनुसार पुस ७ गते मतदाता नामावली प्रकाशन गर्ने, ८ गते १० बजे देखी ४ बजे सम्म मतदाता नामावली उपर दावी विरोध, ९ गते विहान १० बजे अन्तिम नामावली प्रकाशन, सोही दिन विहान ११ बजे देखी ४ बजे सम्म उम्मेदवारी दर्ताको कार्यसुची रहेको छ ।

यसैगरी पुस १० गते विहान १० बजे देखी २ बजे सम्म उम्मेदवारी उपर दावी विरोध, सोही दिन ३ बजे देखी ४ बजे सम्म उम्मेदवारी फिर्ता, सोही दिन ४ बजेर १५ मिनेटमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

पुस ११ गते २ बजे चुनाव चिन्ह प्रदान, पुस १२ गते देखी १४ गते सम्म निर्वाचन प्रचार प्रसारको समय छुट्याईएको छ । पुस १५ गते विहान ८ बजे देखी ४ बजे सम्म मतदानको समय छुट्याईएको निर्वाचन मण्डलका संयोजक शेषमणी गौतमले जानकारी दिनुभयो ।

पानीमा राजनिति हुदैँ
लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वमा आफ्नो दलको प्रतिनिधित्व हावी गराउन यहाँ कृयासील राजनैतिक दलहरुको चलखेल वढेको छ ।

नेपाली काङ्ग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा लगाएतका दल खानेपानी संस्थाको नेतृत्व हत्याउन उम्मेदवारको छनौंटमा केन्द्रित भएका छन् ।

नेकपा एमालेको तर्फवाट लमही नगरपालीका वडा नं १० निवासी काँशीराम डाँगीलाई अध्यक्ष पदमा उठाउने तयारी गरिएको छ । नगर कमिटिको भेलावाट डाँगीलाई अध्यक्ष पदमा उठाउने सर्वसहमत निर्णय गरिएको छ । अन्य दलहरु आन्तरिक छलफलमा ब्यस्त रहेको वुझीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन