२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बगरको ढुंगामा बसेर पढ्न बाध्य छन् सिन्धुलीका दलित बालबालिका

२०७४, २१ माघ आईतवार ११:५८

 पेमा लामा / माघ २१, धुलिखेल | सिन्धुली जिल्लाको घ्याङ्लेक गाउँपालिका–५, बगरटोलका दलित बालबालिका जाडोमा खोलाबाट आउने सिरेटोसंगै बगरको ढुंगामाथि बसेर पढ्न बाध्य छन् । जिल्लाको विकट सो ठाउँका बालबालिका नजिक अरु विद्यालय नभएकाले त्यसरी पढ्न बाध्य भएका हुन् । 

त्यहाँका ३५ घरधुरी रहेको बस्तीमा अधिकांश दलित बस्तीका बालबालिका त्यसरी खुल्ला बगरको ढुंगामाथि बसेर बढ्दै आएको सात वर्ष बितेको शिक्षिका वर्षा विकले बताउनुभयो । “हाम्रो यो दलित बस्ती रहेको बगरटोल नजिकै अरु विद्यालय नभएको र भएका विद्यालयमा जान एक घण्टाको बाटो हिँडेर जानुपरेका कारण यहाँका अभिभावकले सानो टहरा बनाएर माटोखानी बालज्योति विद्यालय स्थापना गरेका हुन्”, उहाँले भन्नुभयो । 

दिनको तीन घण्टा पढाइ हुने सो विद्यालयमा ३३ दलित बालबालिकाले अध्ययन गर्दै आइरहेका छन् । त्यहाँ अध्ययन गर्ने बालबालिका घरबाट आधा घण्टाको बाटो हिँडेर दिनभरि बगरको विद्यालयमा माटो, धुलो र खोलाको स्याँठको मुकाबिला गर्दै पढ्दै आइरहेका हुन् । 

मासिक रु दुई हजार ५००मा पढाउँदै आउनुभएका शिक्षिका विकले भन्नुभयो, “यहाँका पिछडिएको समुदायका बालबालिकाको भविष्यको सहयोग गरौँ भन्ने उद्देश्यले थोरै रकममा पनि साढे दुई वर्षदेखि पढाउँदै आइरहेकी छु । ” उहाँले भन्नुभयो, “विद्यालय बनाउने संस्था भयो भने राम्रो हुन्थ्यो । पानी गर्दा भिजेर बस्नुपर्ने, घाम लाग्दा उकुसमुकुस हुने तर हावा चल्दा कठ्याङ्ग्रिएर बस्नु पर्ने बाध्यताले कहिलेकाहीँ त बालबालिका बिरामी भएर घर फर्कन्छन् त्यसैले मैले गरेर हुन्छ भने गरौँन भनेर नै यस्तै ठाउँमा पढाउँदै आइरहेकी छु ।” 

विद्यालयमा पढ्नका लागि बालबालिकालाई अभिभावकले कापी र कलम किनेर पठाउँछन्, बेलुका घर फर्कंदा धुलोमैलो भएर आउँछन्, साविक गाविस हुँदा विद्यालयका लागि वार्षिक रु ४० हजार छुट्याइएको र त्यहीबाट शिक्षकलाई तलब खुवाउने र विद्यालयका लागि जस्ता र अन्य शैक्षिक सामग्री किन्न खर्च ग¥र्यौं” उहाँले भन्नुभयो, “त्यसरी पढ्दै आएका बालबालिकाका लागि न त जिल्ला शिक्षाले नै देख्यो न त अन्य सरोकारवाला निकायले नै ।” 

स्रोत केन्द्रका स्रोतव्यक्तिलाई समस्या सुनाउँदा पनि सम्भव छैन भनेर पन्छिने गरेकाले धेरै समयपछि विद्यालयकै लागि भनेर यसै आर्थिक वर्र्षमा वडा कार्यालयबाट रु एक लाख बजेट छुट्याउने निर्णय भएको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संसरसिं सिघसिङले यसअघि जिल्ला शिक्षा कार्यालयबाट सहयोग दिए पनि पछिल्लो समयमा बालबालिकाको संख्या नपुगेको भनेर सहयोग गर्न नै छाडेको बताउनुभयो । घिसिङले भन्नुभयो, “साना बालबच्चा अन्य विद्यालयमा पनि गएर पढ्न नसक्ने भएका कारण जिल्ला शिक्षा कार्यालयले हेर्न छोडे पनि हामी अभिभावक मिलेर जेनतेन चलाइरहेका छौँ ।” पछिल्लो अवस्थामा राहत पाएको दुई बण्डल जस्ताले अलिअलि बेरेर जसोतसो गरी विद्यालय चलाइरहेको उहाँको भनाइ छ । 

सो वडाका वडाध्यक्ष विष्णुकुमार कर्माचार्यले बालबालिकाको समस्या देखेर नै वडाबाट बजेट छुट्याएको बताउनुभयो । हामीले केहीमात्रामा सहयोग पुगोस् भनेर यसपालि म वडाध्यक्ष भएपछि रु एक लाख बजेट छुट्याएको छु, उहाँले भन्नुभयो । 

विद्यालय स्वीकृत भएको छैन– निरीक्षक बराल 

त्यसरी सञ्चालनमा रहेको विद्यालय शिक्षा कार्यालयबाट स्वीकृति नपाएको जनाइएको छ । उक्त कार्यालयका विद्यालय निरीक्षक नवराज बरालले भन्नुभयो , “त्यो नामको विद्यालय हाम्रो शिक्षा कार्यालयमा नै स्वीकृत छैन, त्यसबारेमा आवश्यकताका आधारमा के गर्न सकिन्छ बुझेर प्रक्रिया अगाडि बढाउन पहल गर्छु ।” 

सरकारले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भनेर नीतिसहित विद्यालयमा स्वागत कार्यक्रम ल्याउनेदेखि दलित, अल्पसंख्यक र पिछडिएका समुदायका बालबालिकालाई भत्तासहित दिने गरेका छन् । तर यहाँका विद्यालय र बालबालिकाले भने त्यो सुविधा पाउन त के सुन्नसमेत नपाएको अभिभावकको गुनासो छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला