२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सीप सिकेर स्वरोजगार बन्दै बेचबिखन तथा हिंसा प्रभावित चेली

२०७४, २२ माघ सोमबार ०८:१३

माघ २२, चितवन | बेचबिखन तथा हिंसा प्रभावित चेली अहिले सीप सिकेर स्वरोजगार बन्न थालेका छन् । 

उनीहरुले कपडा सिलाउने, डल, कुसन बनाउने, हातेकडाइ, खाँदा, हाते ब्याग, सल, किरिङ, ह्याण्डी क्राफ्टलगायतका सामग्री बनाउन सिकेर स्वरोजगार बन्दै गएका हुन् । 

बेचबिखन तथा हिंसामा परेकाको उद्धार तथा पुनःस्थापनमा सक्रिय हुँदै आएको संस्था केआइ नेपालले आश्रय दिएर उनीहरुलाई चितवनमा सीप सिकाउँदै छ । 

“कति दिदीबहिनी स्वरोजगार भइसके, केआइ नेपालकी चितवन संयोजक केमिका घिमिरेले भन्नुभयो, अहिले पनि चितवनमा १९ जना दिदीबहिनी सीप सिक्दै छन् ।” यहाँ उद्धार गरेर ल्याइएका कतिपय चेली भारतमा चरम हिंसामा परेका पनि छन् । 

कतिपय बेचबिखन त कतिपय जोखिममा परेका बेला केआइ नेपालमार्फत उद्धार गरिएका छन् । तेस्रो मुलुकमा पुगेका चेलीलाई समेत उद्धार गरिएको घिमिरे बताउनुहुन्छ । 

तीन महिनाअघि भारत जाने क्रममा वीरगञ्ज नाकाबाट उद्धार गरिएकी एक चेलीले चितवनमा कुर्ता शुरुवाल, बच्चाको भोटो, डल, कुसन, पाइजामा सबै बनाउन सिकिसकेको बताउनुभयो । 

“अझै केही सिक्न बाँकी छ, सीप सिकेर आफैँ केही गर्ने योजना छ, उहाँले भन्नुभयो, अब व्यवसाय गरेर आफ्नै खुट्टामा उभिने ।” केआइ नेपालले आफूलाई ठूलो सहयोग गरेको बताउने अर्की किशोरी पनि अहिले यहाँ सीप सिक्दै हुनुहुन्छ । 

छ महिनाअघि कामको खोजीमा भारत जाने क्रममा विराटनगर सीमा नाकाबाट उहाँलाई उद्धार गरिएको थियो । उहाँ पनि अहिले चितवनस्थित केआइ नेपालको पुनःस्थापन गृहमा बसेर सीप सिक्दै हुनुहुन्छ । उक्त संस्थामा अहिले दुई चेली आफ्नै आफन्तबाट करणीमा परेकालाई संरक्षण दिइरहेको छ । १९ जना बेचबिखनमा परेका र जोखिममा परेका छन् । 

उनीहरुलाई तीनदिन सिलाइ र तीनदिन हाते कडाइ बनाउन सिकाउने प्रशिक्षक लक्ष्मी विक बताउनुहुन्छ । सन् २०१७ मा मात्रै यहाँ उद्धार गरिएको ४७ जनालाई परिवारमा मिलन गराइएको छ । जसमध्ये ३५ जना अहिले विभिन्न व्यवसायमा लागेका छन् । 

सीप सिकेकाले अहिले डल कुसन बनाउने, सिलाइकटाइ गर्ने र तयारी खाना बनाएर स्वरोजगार बनेका संस्थाकी लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउनुहुन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा