२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

बलात्कारमा आरोपित दुई पक्राउ

२२ माघ २०७४, सोमबार १२:२७

माघ २२, भक्तपुर | भक्तपुरमा बलात्कारका घटनामा संलग्न रहेको आरोपमा आज प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

चार वर्षीया एक बालिका र अर्की ३४ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित श्री इँटा भट्टामा काम गर्ने ४५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सुर्खेत घर भई हाल श्री भट्टामा काम गर्ने ३८ वर्षीया कर्णबहादुर पुनलाई आज पक्राउ गरेको हो । 

तीन दिनअघि बलात्कारमा परेकी पीडितले जाहेरी दिएपछि फरार रहेका पुनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

त्यसैगरी, चाँगुनारायण नगरपालिका–४ की पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले आजै ललितपुर बुङ्मती स्थायी घर भई भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको छ । 

तामाङले बालिकालाई जबरजस्ती बलात्कार गरेको पीडितका परिवारले प्रहरीलाई जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य