2026-09-19 09:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा जिमहल सञ्चलान

चिसाङ शेर्पा/माघ २२, खोटाङ । शाररिक फिट्नेसका लागि खोटाङमा जिमखानाको उद्घाटन भएको छ । 

सदरमुकाम दिक्तेलस्थित संगमटोलमा करीब २० लाखको लागतमा ‘दिक्तेल फिट्नेस सेन्टर’ नामक जिमहलको सोमबार विधिवत रुपमा उद्घाटन भएको हो । 

रुपाकोट मझुवागढी नगरपालिकाका ४ स्थानिय युवाहरुको संयुक्त लगानीमा सञ्चालित जिमखानाको सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्काले रिबन काटेर उद्घाटन गरेका हुन् । 

जिल्लामा पहिलोपटक सञ्चालन हुने जिमखानामा चेष्ट, थाई, काफ, फोराम्स, डेल्ट, सोल्जर, ब्याक, ट्राईसेफ, वाइसेफ्स लगायतका कसरत गर्न सकिने सञ्चालक समितिका भिषण राईले बताउनुभयो । जिमखानामा मोटो तथा पातलो ब्यक्तिहरुले सुविधा लिन सकिने राईको भनाई छ ।

खाशगरी ब्यस्त तथा हिडडुल गर्न समय नहुनेका लागि जिमखाना प्रभाबकारी हुने सञ्चालक भिम राईले बताए । बिहान ५ बजेदेखी ११ र दिउँसो ३ बजेदेखी साँझ ८ बजेसम्म शाररिक ब्यायम गर्न सकिने सेन्टरले जनाएको छ ।

११ हजार ५ सय रुपैयाँ तिरेर सेन्टरमा बर्षदिन जिम गर्न सकिनेछ । जिमखाना शुरुसँगै जिम गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सञ्चालक समितिमा राईद्धयका अलवा आशिष उदास र सन्तोष जोशी रहेका छन् ।  

जिमहलको उद्घाटन गर्नुहुदै सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का । तस्विर: चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई