२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गमा माघी मेलाको रौनकता, राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बिशेष प्रस्तुत हुने

२०७२, २३ पुष बिहीबार ११:५२

bhalubang mela 2072

सन्तोषकुमार गुप्ता । भालुवाङ २३ पुस । देउखुरीको भालुवाङ्गमा यस बर्ष “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” सञ्चालन हुने भए पछि तयारी समेत तीब्र पारिएको छ ।

लालमटिया—३ पुरानो भालुवाङ्गबजार स्थीत नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको सहयोगार्थ ग्यालेक्सी म्युजिक प्रालि अनामनगर काठमाडौँको आयोजना एवम् स्थानिय संस्थाहरुको सहयोगमा पुसको ३० गते देखि माघको २ गते सम्म माघी मेला सञ्चालन हुने भएको हो । नेपालीहरुको बिशेष चार्ड तथा थारु समुदायको महान् चार्ड माघी पर्वको उपलक्ष्यमा भालुवाङ्ग क्षेत्रमा क्रियाशिल सरकारी तथा स्थानिय संस्था नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समिती, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लालमटिया स्वास्थ्य चौकी, राप्ती सामुदायिक वन उपभोक्ता समूह, संयुक्त युवा क्लव, रोल्पाली एकता समाज, आँपखोली आमा समूह, स्टार बाल क्लब र प्यूठानी मगर महिला समूहको सहयोगमा भालुवाङ्गको इतिहासमा पहिलो पटक माघी मेला सञ्चालन हुन लागेको हो ।

नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका लागि तथा भालुवाङ्गमा प्रत्येक बर्ष माघी मेला सञ्चालनका लागि स्थानियस्तरमा उर्जा प्रदान गर्न “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” सञ्चालन गर्न लागेको “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” मुल आयोजक समितीका कार्यक्रम संयोजक डोलराज बारघरेमगरले जानकारी दिए । कार्यक्रममा पहिलो पटक भद्रगोलका चार जना चर्चित राष्ट्रिय कालाकार कुमार कट्टेल(जिग्री ब्रो), सागर लम्साल(बले), हरि निरौला(कक्रोज) र अर्जुन घिमिरे(पाँडे बुढा) सहित हाँस्यव्यङ्ग कलाकार आउने संयोजक बारघरेमगरले बताए । त्यस्तै कार्यक्रममा राष्ट्रिय चर्चित लोकदोहरी गायक राजु परियार, शर्मिला गुरुङ्ग, पशुपति शर्मा, राधिका भुसाल, पुष्कर शर्मा, जुना श्रीस, सुमन परियार, देवीराम राना, नीरुश्रीस मगर, बिजय परियार, शिव गौतम, दिपा मगर, गंगा पुन, निशान चौधरी, सरिता थापा र मिना श्रीस् आउने पक्का भईसकेको धैर्यधर्म रोकाले जानकारी दिए ।

पुस ३० गते बिहान ११ बजे उद्घाटन भई माघ २ गते सम्म सञ्चालन हुने मेलामा एक सय रुपैयाँ टिकटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मेलाको सञ्चालन हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारको कार्यलाई तीब्र पारिएको छ । मेलामा १ करोडको कारोबार गर्ने लक्ष्य रहेको र खर्च कटाएर बचेको रकमको केही प्रतिशत रकम नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका उपलब्ध गराईने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ