2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा दुई छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १५ लाखभन्दा बढी क्षति

माघ २४, विराटनगर | उदयपुर जिल्लाका दुई स्थानमा आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । 

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार त्रियुगा नगरपालिका–११ पुरानो सब्जी बजारस्थित भक्तबहादुर दनुवारको घरमा मंगलबार राति ८ बजे अचानक विद्युत् चुहावट भई भएको आगलागीमा ढुङ्गामाटोले बनेको दुईतले घर पूर्णरुपमा जलेको छ । 

आगो प्रहरी र स्थानीय जनताको सहयोगमा नियन्त्रणमा लिइएको तथा क्षतिको विवरण संकलन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

यसैगरी, चौदण्डिगडी नगरपालिका–४, बसाहास्थित चन्द्रकला राईको घरमा मंगलबार राति १० बजे टुकी बत्तीबाट अचानक आगलागी हुँदा काठले बनेको घर, फर्निचर, लत्ताकपडा र भाँडावर्तन जलेका नष्ट भएको छ । आगलागीबाट राईको करिब रु १५ लाखभन्दा बढीको धनमाल क्षति भएको बताइएको छ । 

उक्त आगो स्थानीय जनता, प्रहरी र बारुणयन्त्रको सहयोगमा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई