2026-08-31 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

वन्यजन्तुको स्वास्थ्यसम्बन्धी नौबुँदे सौराहा घोषणापत्र जारी

माघ २४, चितवन | बाघ, एशियाली गैँडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठी नौबुँदे सौराहा घोषणापत्र जारी गर्दै सकिएको छ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा कृषि विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको संयुक्त आयोजनामा यही माघ २२ गतेदेखि अन्तर्राष्ट्रिय विज्ञको सहभागितामा कार्यशाला शुरु भएको थियो । 

विभिन्न १३ देशका विज्ञ सहभागी कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन रणनीति र त्यसको कार्यान्वयनका लागि संयन्त्र तयार पार्न सम्बन्धित निकायमा पहल गर्ने निष्कर्षसहित नौबुँदे सौराहा घोषणापत्र जारी गरेको छ । 

कार्यशालाले वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी जनशक्ति तयार पार्न पहल गर्ने, बिरामी वन्यजन्तुको हेरचाह, रोगको पहिचान र निदानका लागि चितवन निकुञ्जमा सुविधायुक्त वन्यजन्तु अस्पताल बनाउने, युवापुस्तालाई वन्यजन्तुको संरक्षण र स्वास्थ्यको व्यवस्थापनमा आकर्षित गराउन पहल गर्ने निष्कर्ष निकालेको छ । 

यस्तै अन्तर्राष्ट्रिय क्षेत्रसँगको समन्वय र साझेदारीमा वन्यजन्तुको विषयमा सञ्जाल निर्माण गरी काम गर्ने, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायअन्तर्गत छुट्टै वन्यजन्तु स्वास्थ्य व्यवस्थापन विभाग गठन गरी रोग निदान संरचना खडा गर्ने, देश विदेशमा वन्यजन्तुको क्षेत्रमा काम गर्ने अधिकारीलाई अध्ययन भ्रमण तथा तालीमको अवसर दिलाउने कार्यशालाको निष्कर्ष छ । 

वन्यजन्तुको क्षेत्रमा कार्य गर्ने निकायबीच र राष्ट्रिय प्रयोगशालाबीचमा समन्वय स्थापना गर्ने, राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण विभागअन्तर्गत विभिन्न क्षेत्रमा पशु चिकित्सक र पाराभेटेरिनरीयनको दरबन्दी सिर्जना गर्ने तथा अध्ययन अनुसन्धानका लागि वन्यजन्तुको कुनै पनि भौतिक नमूना संकलन र संरक्षण गर्ने पनि कार्यशालाको निष्कर्ष रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले जानकारी दिनुभयो । उहाँले कार्यशालामा हात्तीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कर्याशालामा १३ देशका ८७ जना विज्ञको सहभागिता थियो । उक्त गोष्ठीमा नेपालसहित पाकिस्तान, भारत, इण्डोनेशिया, चीन, अष्टेलिया, म्यानमार, अमेरिका, मंगोलिया, रसिया, थाइल्याण्ड, बेलायत, भियतनामका विज्ञको सहभागिता रहेको थियो । 

माघ २२ र २३ गते कार्यशाला गोष्ठी सम्पन्न भएको र आज भने चितवनमा विज्ञको ल्याब तथा वन्यजन्तुको विषयमा अध्ययन भ्रमणको कार्यक्रम रहेको छ । 

मुख्यगरी कार्यशालामा १३ देशमा वन्यजन्तुको स्वास्थ्य तथा व्यवस्थापनको क्षेत्रमा भए गरेका कार्यप्रगति, नयाँ रोग, प्रविधिका बारेमा समिति भएको र अनुभव आदानप्रदान भएको चितवन निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो । 

उहाँले गैँडा स्थानान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यशालामा प्रस्तुत भएको ३३ वटा कार्यपत्रमाथि यहाँ छलफल भएको थियो । 

उहाँका अनुसार नेपालमा अन्य देशको भन्दा संरक्षणको पाटो प्रभावकारी रहेको र साधन स्रोत तथा प्रविधिको अभाव रहेको पाइएको छ । 

वन्यजन्तुको क्षेत्रमा सरकारले औषधि, जनशक्ति, रोगको पहिचानका लागि अस्पताल र अनुसन्धानको क्षेत्रमा ध्यन दिनुपर्ने देखिएको चितवनका सिनियर भेटेनरी अधिकृत दयाराम चापागाईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै