२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको एक बिद्यालयमा तलब नपाएपछि शिक्षकद्वारा तालाबन्दी

२४ माघ २०७४, बुधबार ०९:४२

माघ २४, भीमदत्तनगर | दश महिनासम्म अध्यापन गरेको पारिश्रमिक नपाएपछि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित बैजनाथ आधारभूत बहुभाषिक विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षकले मंगलबार विद्यालयमा तालाबन्दी गरेका छन् । 

आफूहरुलाई पारिश्रमिक दिने विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले चाँसो नदिएको भन्दै शिक्षकले सामूहिकरुपमा विद्यालयमा तालाबन्दी गरेका हुन् । शिक्षकको तालाबन्दीका कारण विद्यालयका पढाइ प्रभावित बन्न पुगेको छ । विद्यालयका प्रधानाध्यापक जादुराम रानाले शिक्षकको १० महिनाको करिब रु पाँच लाख तलबबापतको रकम दिन बाँकी रहेको जानकारी दिनुभयो । 

“विद्यालयसित आम्दानी छैन, पढाइमा बाधा नपुगोस् भनेर निजी स्रोतबाट शिक्षक राख्यौँ ।” उहाँले भन्नुभयो– “तलब दिन नसकेपछि शिक्षकले नै तालाबन्दी गरे ।” २५५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा ८० प्रतिशतभन्दा बढी आदिवासी÷जनजाति समुदायको विद्यार्थी अध्ययनरत छन् । 

आम्दानीका नाममा विद्यालयसित रहेको चार बिगाहा जमिन लिजमा दिए पनि थोरै रकम आउने गरेको उहाँले बताउनुभयो । “शिक्षकलाई वार्षिक लाखौँ रुपैयाँ तिर्नुपर्छ ।” रानाले भन्नुभयो– “जमिनबाट वार्षिक रु २५ हजार मात्रै आम्दानी आउँछ ।” विद्यालय सञ्चालनका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ÷संस्थासित गुहार मागिरहेको प्राधानाध्यापक रानाको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की