२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

गाउँको मुहार फेर्दै पूर्वसैनिक

२०७४, २४ माघ बुधबार १०:३८

झापा, २४ माघ | बाह्रदशी गाउँपालिका–३ का वीरेन्द्रप्रसाद राजवंशी जेठ १४ गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्यासी हुनुहुन्थ्यो । 

राजवंशी समुदायको बाहुल्य भएको सो क्षेत्रमा सहयोगी र लोकप्रिय भएकै कारण उहाँ निर्वाचित पनि हुनुभयो । राजवंशी अहिले त्यस क्षेत्रको विकास निर्माणको काममा अग्रसर हुनुहुन्छ । उहाँको जनप्रतिनिधिका माझ बेग्लै पहिचान छ । बेग्लै पहिचान हुनुको पछाडि उहाँको विगतको पेशागत संलग्नताको प्रमुख भूमिका रहेको छ । 

बाह्रदशी–३ का राजवंशी भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा अध्ययनरत हुनुहुन्थ्यो । विसं २०४४ मा तत्कालीन शाही नेपाली सेनामा प्रवेश गर्नुभएका उहाँ २०५१ सालदेखि २०५५ सम्म नारायणहिटी राजदरबारको सुरक्षामा संलग्न हुनुभयो । त्यसको केही समयपछि उहाँ तत्कालीन राजा वीरेन्द्रको सुरक्षामा खटिनुभयो । 

नेपाली सेनाको हवल्दार मेजर पदमा रहेर उहाँले पूर्व राजाको सुरक्षासँगै नारायणहिटी दरबारको सेवाको अनुभव पनि लिनुभयो । विसं २०५५ मा सूर्यविनायकमा उहाँको सरुवा भएपछि दरबारबाट बाहिरिनुभएका राजवंशीले त्यसपछि पाँच वर्षमात्र नेपाली सेनामा काम गर्नुभयो । 

विगतको अनुभवले गाउँमा अहिले उहाँको बेग्लै पहिचान कायम भएको हो । योसँगै उहाँले राजवंशी शब्दकोष भण्डार तयार गर्दा राजवंशी भाषा अनुवाद समितिमा समेत रहेर काम गर्नुभयो । राजवंशी शब्दकोष भण्डार अंग्रेजी र नेपालीमा समेत अनुवाद गरिएपछि उहाँ त्यस क्षेत्रमा मात्र नभई बाहिर पनि उत्तिकै लोकप्रिय हुनुहुन्छ । 

नेपाली सेनाको जागिर त्यागेपछि गाउँ फर्किनुभएका उहाँ अहिले गाउँलेको सेवामा सर्मपित हुनुहुन्छ । पन्ध्र वर्षसम्म सेनामा जागिरे जीवन बिताउनुभएका राजवंशीका लागि समाज सेवा नौलो थियो । सेनामा जागिरे हुँदा कालीबक्स गणअन्तर्गतको इञ्जिनियरिङ गणमा कार्यरत रहँदा धुन्चेदेखि सोमदाङसम्मको १०५ किलोमिटर सडक निर्माण र नौ महिनासम्म शैन्य तालीम केन्द्रमा रहँदा त्रिशूलीको सडक निर्माण गरेको सम्झदै उहाँले गाउँमै विकास निर्माणका काम अघि बढाउने निर्णय गर्नुभयो । अन्ततः उहाँ आफ्नै गाउँको मुहार फेर्न लागि पर्नुभएको छ । 

राजवंशीको अहिले पनि पहिलो काम विकास नै हो । उहाँ हरदम हर समय विकास निर्माणका काममा केन्द्रित रहनुहुन्छ । राजवंशीले सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको पाँच वर्षसम्म अध्यक्ष पदमा रहेर काम गर्नुभयो । विकासको दृष्टिकोणले पछि परेको राजगढलाई नमूना गाउँ बनाउने सोचका साथ चुनावी मैदानमा होमिनुभएका उहाँ अन्तत सफल भएरै छाड्नुभयो । 

राजवंशीको अहिलेको पहिलो प्राथमिकतामा छ सडक निर्माण । सडक निर्माणसँगै विद्युतीकरण, सिँचाइको व्यवस्था, स्वच्छ खानेपानी र कृषकलाई व्यावसायिक कृषि प्रणालीमा लागेर आत्मनिर्भर बनाउनु नै हो । जंगली हात्तीको उपद्रोले राजगढवासीलाई आक्रन्त पारेपछि उहाँ अहिले अलमलमा पर्नुभएको छ । दिन प्रतिदिन हात्तीको उपद्रोका कारण राजगढवासीको धनजनको सुरक्षा कसरी गर्न सकिएला भन्ने ठूलो चिन्ता छ राजवंशीलाई । 

राजवंशी सबैका साझा नेता हुनुहुन्छ । दलगत स्वार्थभन्दा माथि उठेर उहाँले गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीसँग मिलेर वडा नम्बर ३ को राजगढ बजारलाई स्मार्ट सिटी बनाउने अवधारणा अघि सार्नुभएको छ । गाउँपालिकाले सो कार्यका लागि रु एक करोड १० लाख बजेट विनियोजन गरेको छ । 

“राजगढ बजारलाई व्यवस्थित गर्न डिपीआर तयार भइरहेको छ,” उहाँले भन्नुभयो । रु १० करोड ६९ लाखको लागतमा फैंदारघाट सिँचाइ आयोजना तथा रु १६ करोडको लागतमा राजगढ खानेपानी आयोजना सञ्चालनमा छ । एउटा आर्थिक वर्षमा झण्डै रु ३० करोड बजेट एउटै वडामा भित्र्याएर विकास निर्माणका लागि देखाएको तदारुकताका कारण राजवंशी अहिले सबैका साझा नेता बन्नुभएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा