२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहा: बिडी कलेजमा अनिश्चितकालिन तालाबन्दी

२४ माघ २०७४, बुधबार १२:०५

राम नारायण पंडित/माघ २४, सिरहा । ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयाका विद्यार्थीहरुले नियमित रुपमा पठनपाठनको माँग गर्दै आज (बुधबार) देखि कलेजमा अनिश्चितकालिन तालाबन्दी गरेका छन । 

कलेज प्रमुख संजय कुमार साहले मंगलबार कलेजमा आएर बुधबार आबश्यक छलफल गरि नियमित रुपमा कक्षा संचालन गर्ने बताएपनि नआएपछि आकोशित बिद्यार्थीहरुले कलेजमा अनिश्चितकालिन तालाबन्दी गर्नुका साथै तोडफोड गरेका छन् । 


कलेज प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेको बिद्यार्थी लक्ष्मेश्बर कापरले बताए ।

पठनपाठन लामो समयदेखि नियमित रुपमा संचालन नभएको भन्दै पटक– पटक कलेज प्रशासनलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएकोले बाध्य भएर  तालाबन्दी गर्नु परेको अर्का बिद्यार्थी अरबिन्द सहनीले बताए । 

कलेजका प्रमुख साहले एकलौटी रुपमा कलेज संचालन गरी बिद्यार्थीको भबिष्यमाथी खेलबाड गरिरहकोले तालाबन्दी गर्नु परेको अर्का बिद्यार्थी रबिन साहले आरोप लगाए । 

आफुहरुले लामो समयदेखि कलेजको शैक्षिक, आर्थिक, ब्यबस्थापकीय सुधारको माँग गरेपनि कलेज प्रशासनले ध्यान नदिदा बाध्य भएर तालाबन्दी गर्नु परेको कलेजमा अध्ययरत बिद्यार्थीहरुको भनाई रहेका छन् । 


बिषयगत शिक्षक बिना नै आफुहरुलाई अध्ययन गर्न बाध्य बनाएको उनीहरुको आरोप रहेका छन् । कलेजले माँग पुरा नगरेसम्म तालाबन्दी जारी रहने बिद्यार्थी लक्ष्मेश्बर कापरले चेताबनी दिएका हुन् । 

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबले बिद्यार्थीहरुको समस्या जायज रहेकोले आबश्यक समन्वय गरि निकास दिने बताए । कलेज प्रशासनले अटेरी गरे सम्बन्धित निकायसंग छलफल गरि समस्या समाधान गर्ने समेत नगर प्रमुख यादबले स्पष्ट गरे । 

कलेजले आफुखुसी बिना बिज्ञापन शिक्षक भर्ना, त्रिबि नियम बिपरित मनोमानी ढंगले शुल्क बृद्धि र बिषयगत शिक्षक नराखेको जस्ता काम गर्ने गरेको बिद्यार्थीहरुको आरोप रहेका छन् ।

प्रमुख साहको लापरवाहीको कारणले कलेजको अबस्था दिनानुदिन खस्किदै गएको भन्दै बिद्यार्थीहरुले यसअघि पनि तालाबन्दी गरेका थिए । यता, कलेज प्रमुख साहसंग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य