2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा शिक्षकमाथी कुटपीट

चिसाङ शेर्पा | माघ २६, खोटाङ | कार्यक्रमस्थल उपलव्ध नगराएको भन्दै लामीडाँडा गाउँपालिकास्थित विश्वज्योती माविका प्रधानाध्यापक चन्द्रनारायण यादवमाथी कुटपिट भएको छ । नेकपा एमाले निकट अनेरास्ववियुका नेताले शिक्षकलाई कुटपिट गरेका हुन् । माघ २५ गतेदेखि २७ गतेसम्महुने मिलन राई स्मृति प्रतिष्ठानको कार्यक्रम गर्न प्रधानाध्यापकले बिद्धालयमा कार्यक्रमस्थल उपलव्ध नगराएको भन्दै शिक्षकमाथी बिहीबार अनेरास्ववियुमा संलग्न ब्यक्तिहरुले कुटपीट गरेको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । 

विद्धालय व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयबाट पठनपाठन अवरोध हुने भन्दै कार्यक्रमस्थल नदिन भनेपछि आफुले विद्यार्थीको पढाइलाई अवरोध गरेर कार्यक्रमस्थल उपलब्ध गराउँन नसक्ने बताएपछि अनेरास्ववियुका खड्गीराम राई लगायतका केहि नेताले कुटपिट गरेको प्रअ यादवले बताए ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष खेमराज देउसालीले सामान्य भनाभन मात्र भएको तर, प्रअमाथी कुटपीट नभएको बताएका छन् । प्रअसँग भनानन गर्ने व्यक्ति अनेरास्वीयूसंग सम्बन्धित छैन् उनले भने । अधिराम राईलगायतको टोलीले विद्यालयको गेटसमेत तोडफोड गरेको जनाईएको छ ।

प्रअमाथी कुटपीट गर्ने खड्गीराम राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्धालयले कार्यक्रमस्थल उपलव्ध नगराएपछि मिलन राई स्मृति प्रतिष्ठानको कार्यक्रम अन्य ठाँउमा भईरहेको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई