२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिडी कलेजको आन्दोलन अराजक बन्दै

२०७४, २८ माघ आईतवार १६:०२

राम नारायण पंडित | माघ २८, सिरहा | ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयामा विद्यार्थीहरुको आन्दोलन अराजक बन्दै गएको छ । नियमित पठनपाठको माँग गर्दै माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरेपनि कलेज प्रसासन कुनै चासो नदिएको भन्दै आक्रोशित बिद्यार्थीहरुले आज (आइतवार) आगजनी गरेका छन् । 

बिद्यार्थीहरुले कलेजको डेक्स र बेन्च बाहिर ल्याई आगजनी गरेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो । आगो समयमा नियन्त्रणमा लिएपछि समान्य क्षति मात्र भएको प्रहरीले जनाएको छ । उक्त क्रममा आगजनी गरेको आरोपमा दर्जन भन्दाबढी बिद्यार्थीहरुलाई मिर्चैया प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेका बिद्यार्थीहरुलाई सम्झाइबुझाई अबदेखि यस्तो नगर्ने शर्तमा करीब १ घण्टापछि छोडिएको छ । अगामी दिनमा यस्तो उछृंखल गतिबिधि गरेमा पक्राउ गरेर कानुन बमोजिम कारबाही गर्ने समेत डिएसपी बज्राचार्यले चेताबनी दिएका हुन् । 


यता, बिद्यार्थीहरले आफुहरुको माँग सम्बोधन नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने बताएका छन् । समयमा कलेज प्रशासन माँग सम्बोधन नगरे कडा आन्दोलन गर्ने बिद्यार्थी लक्ष्मेश्बर कापरले चेताबनी दिएका हुन् । कलेजका प्रमुख संजय साहले आफ्नो व्यक्तिगत स्वार्थका कारण हामीहरुको भबिष्यलाई अन्धकारमा धकेलिरहेको अर्का बिद्यार्थी रबिन साहले आरोप लगाए । यसअघि, कलेज प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेको भएपनि कुनै चासो नदेखाएकोले आगजनी गर्नुपरेको बिद्यार्थी अरबिन्द सहनीले बताए ।

ज्ञातव्य, कलेजको शैक्षिक, आर्थिक र ब्यबस्थापकीय सुधारको माँग गर्दै लामो समयदेखि बिद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।


तालाबन्दीका करण कलेजमा अध्ययनरत करीब ४ सय बिद्यार्थीहरुको पठनपाठन प्रभाबित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस