२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बिडी कलेजको आन्दोलन अराजक बन्दै

२८ माघ २०७४, आईतवार १६:०२

राम नारायण पंडित | माघ २८, सिरहा | ब्रम्हचारी दामोदरानन्द कलेज मिर्चैयामा विद्यार्थीहरुको आन्दोलन अराजक बन्दै गएको छ । नियमित पठनपाठको माँग गर्दै माघ २४ गतेदेखि कलेजमा तालाबन्दी गरेपनि कलेज प्रसासन कुनै चासो नदिएको भन्दै आक्रोशित बिद्यार्थीहरुले आज (आइतवार) आगजनी गरेका छन् । 

बिद्यार्थीहरुले कलेजको डेक्स र बेन्च बाहिर ल्याई आगजनी गरेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले तत्कालै आगो नियन्त्रणमा लिएको थियो । आगो समयमा नियन्त्रणमा लिएपछि समान्य क्षति मात्र भएको प्रहरीले जनाएको छ । उक्त क्रममा आगजनी गरेको आरोपमा दर्जन भन्दाबढी बिद्यार्थीहरुलाई मिर्चैया प्रहरीले पक्राउ गरेका थिए । पक्राउ परेका बिद्यार्थीहरुलाई सम्झाइबुझाई अबदेखि यस्तो नगर्ने शर्तमा करीब १ घण्टापछि छोडिएको छ । अगामी दिनमा यस्तो उछृंखल गतिबिधि गरेमा पक्राउ गरेर कानुन बमोजिम कारबाही गर्ने समेत डिएसपी बज्राचार्यले चेताबनी दिएका हुन् । 


यता, बिद्यार्थीहरले आफुहरुको माँग सम्बोधन नभएसम्म आन्दोलन र तालाबन्दी जारी रहने बताएका छन् । समयमा कलेज प्रशासन माँग सम्बोधन नगरे कडा आन्दोलन गर्ने बिद्यार्थी लक्ष्मेश्बर कापरले चेताबनी दिएका हुन् । कलेजका प्रमुख संजय साहले आफ्नो व्यक्तिगत स्वार्थका कारण हामीहरुको भबिष्यलाई अन्धकारमा धकेलिरहेको अर्का बिद्यार्थी रबिन साहले आरोप लगाए । यसअघि, कलेज प्रमुखको कार्यकक्षमा रहेका कुर्सी, टेबल लगायतका समानहरु बाहिर फालेर तालाबन्दी गरेको भएपनि कुनै चासो नदेखाएकोले आगजनी गर्नुपरेको बिद्यार्थी अरबिन्द सहनीले बताए ।

ज्ञातव्य, कलेजको शैक्षिक, आर्थिक र ब्यबस्थापकीय सुधारको माँग गर्दै लामो समयदेखि बिद्यार्थीहरु आन्दोलित हुँदै आएका छन् ।


तालाबन्दीका करण कलेजमा अध्ययनरत करीब ४ सय बिद्यार्थीहरुको पठनपाठन प्रभाबित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य