२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा: गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन

२०७४, २८ माघ आईतवार १६:१८

कविता उपाध्याय/माघ २८, रोल्पा । मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाले गरिबी निवारणका लागि जिल्लामा लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

एक नगरपालिका र सात गाउँपालिका गरी जिल्लाका आठ स्थानमा यो कार्यक्रम सञ्चालनमा रहेको कार्यक्रमका संयोजक विनोद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार रोल्पा नगरपालिका सुवर्णावती गाउँपालिका, लंग्री गाउँपालिका, सुनछहरी गाउँपालिका, रुन्टीगढी गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र सुकिदह गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ । 

स्थानीय स्रोत र सीपको उपयोग गरी लघु, घरेलु, साना मझौला तथा ठूला उद्योगको स्थापना र सञ्चालनलाई प्रभावकारी बनाउने कार्यक्रमको रणनीतिक योजना रहेको हुरेक रोल्पाका अध्यक्ष घनश्याम आचार्यले जानकारी दिनुभयो । 

आचार्यका अनुसार औद्योगिक क्षेत्रको विकास र विस्तारद्वारा रोजगारी वृद्धि, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी राष्ट्रिय अर्थतन्त्रको अभिवृद्धि गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको छ भने उद्योग क्षेत्रको उत्पादन गरी कूल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढाइने छ । 

यसरी कार्यक्रम लागू भएका विभिन्न स्थानमा लक्षित वर्गले व्यवसाय शुरु तथा सुधार गर्नका लागि विभिन्न किसिमका तालीम सञ्चालन भइरहेको छ । कार्यक्रम लागू भएका स्थानमा सिलाइकटाइ, मुढा बुनाइ, सल बुनाइ, झोला बुनाइ, बंगुरपालन, कुखुरापालन, च्याउ खेती तथा अन्य विभिन्न किसिमका तरकारी खेतीका लागि तालीम सञ्चालन भइरहेको बताइएको छ । 

तालीमका लागि लक्षित वर्गअन्तर्गत दलितबाट ३०, जनजाति ४० तथा अन्यबाट ३० प्रतिशत चयन गरिनेछ भने ७० प्रतिशत महिला अनिवार्य हुनुपर्ने नीतिगत व्यवस्था गरिएको छ । 

तालीममा महिला र पुरुषलाई समान सीप प्रदान गरिने बताइएको छ । तालीम लिइसकेपछि १६ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले आफूले रोजेको व्यवसाय सञ्चालन गर्न सक्नेछन् । रोल्पा नगर कार्यपालिका, उद्योग विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा रु ६८ लाख ९६ हजार ३४२ विनियोजन गरिएको छ । 

यसरी कार्यक्रम लागू भएका गापा तथा नपामा नगर तथा गाउँ उद्यम समिति गठन भइसकेको छ । समितिले सम्बन्धित गापा तथा नपामा उद्यमसम्बन्धी रणनीतिक योजना तथा बजेट लागतसम्बन्धी रणनीतिक योजना तथा बजेट लागतसम्बन्धी विविध गतिविधि सञ्चालन गर्नेछ । 

जिल्लामा स्थानीय स्तरका आठ स्थानमा सञ्चालित कार्यक्रमका लागि फिल्डमा ६ जना मात्र कर्मचारी खटाइएको हुँदा कर्मचारीलाई भ्याइनभ्याई भएको कार्यक्रमका सहजकर्ता हिसिला डाँगीले बताउनुभयो । 

यस्तै उद्यम सहजकर्ता सबिना केसीका अनुसार उहाँको कार्यक्षेत्रमा तालीमका लागि २५ जना मात्र सहभागी तोकिएका छन् । “धेरै जना तालीममा सहभागी हुन चाहन्छन् सीप सिक्न चाहन्छन् तर सहभागी गराउन सकिएको छैन,” उहाँले भन्नुभयो । 

यही २०७४ साल मंसिर २५ गतेबाट हुरेक रोल्पाद्वारा सञ्चालनमा आएको कार्यक्रम आगामी असार मसान्त सम्मका लागि सञ्चालनमा रहने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस