२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शिक्षकलाई पारिश्रमिक दिन धौधौ

२९ माघ २०७४, सोमबार १०:१७

माघ २९, भीमदत्तनगर | कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन विद्यालयको जमिन भाडामा दिँदै आएको छ । 

विसं २०२८ मा स्थापना भएको राष्ट्रिय माविलाई पछिल्ला वर्षमा शिक्षकलाई पारिश्रमिक दिन धौधौ परिरहेको छ । सात जना निजी स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरजन साउदले बताउनुभयो । 

“प्राविमा तीन जना स्थायी र निमावि तथा माविमा एक–दुई जना राहतका शिक्षक छन् ।” अध्यक्ष साउदले भन्नुभयो– “निजी स्रोतका शिक्षक नराख्ने हो भने अध्यापन नै प्रभावित हुन्छ ।” 

पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले आफूसित भएको साता बिघा जमिन ठेक्कामा दिएर शिक्षकलाई पारिश्रमिक दिँदै आइरहेको छ । “जमिन तीन वर्षको रु दुई लाख ७६ हजारमा ठेक्कामा दिएका छौँ ।” अध्यक्ष साउदले रासससित भन्नुभयो– “ठेक्काबाट आएको रकमसमेत तलब दिन सकिरहेका छैनौँ ।” 

पछिल्लो आठ महिनायता निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन नसकेको विद्यालय प्रशासनले जनाएको छ । “रु पाँच लाख जति विद्यालयलाई ऋण छ ।” साउँदले भन्नुभयो– “शिक्षकलाई पारिश्रमिकका लागि अनेक बहानामा पन्छ्याउनु परेको छ ।” प्याराताल छेउमा रहेको विद्यालयको सात बिघा जमिनमा भारतले हस्तक्षेप गर्न खोजीरहेको अध्यक्ष साउदले बताउनुभयो । 

“स्कूलको जमिन पनि भारतीय पक्षले सिमानामा पर्ने भन्दै हस्तक्षेप गर्न खोजी रहेको छ ।” उहाँले भन्नुभयो । 

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने अनुदान रकमसमेत वितरण रोकिँदा आर्थिक समस्या भएको हो । “समस्या त पहिलेदेखि नै थियो,” साउदले भन्नुभयो– “जिल्लाबाट अनुदान रोकिँदा झन समस्या भएको छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की