२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शिक्षकलाई पारिश्रमिक दिन धौधौ

२०७४, २९ माघ सोमबार १०:१७

माघ २९, भीमदत्तनगर | कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालय निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन विद्यालयको जमिन भाडामा दिँदै आएको छ । 

विसं २०२८ मा स्थापना भएको राष्ट्रिय माविलाई पछिल्ला वर्षमा शिक्षकलाई पारिश्रमिक दिन धौधौ परिरहेको छ । सात जना निजी स्रोतबाट शिक्षक राखेर अध्यापन गराउनु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरजन साउदले बताउनुभयो । 

“प्राविमा तीन जना स्थायी र निमावि तथा माविमा एक–दुई जना राहतका शिक्षक छन् ।” अध्यक्ष साउदले भन्नुभयो– “निजी स्रोतका शिक्षक नराख्ने हो भने अध्यापन नै प्रभावित हुन्छ ।” 

पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयले आफूसित भएको साता बिघा जमिन ठेक्कामा दिएर शिक्षकलाई पारिश्रमिक दिँदै आइरहेको छ । “जमिन तीन वर्षको रु दुई लाख ७६ हजारमा ठेक्कामा दिएका छौँ ।” अध्यक्ष साउदले रासससित भन्नुभयो– “ठेक्काबाट आएको रकमसमेत तलब दिन सकिरहेका छैनौँ ।” 

पछिल्लो आठ महिनायता निजी स्रोतका शिक्षकलाई पारिश्रमिक दिन नसकेको विद्यालय प्रशासनले जनाएको छ । “रु पाँच लाख जति विद्यालयलाई ऋण छ ।” साउँदले भन्नुभयो– “शिक्षकलाई पारिश्रमिकका लागि अनेक बहानामा पन्छ्याउनु परेको छ ।” प्याराताल छेउमा रहेको विद्यालयको सात बिघा जमिनमा भारतले हस्तक्षेप गर्न खोजीरहेको अध्यक्ष साउदले बताउनुभयो । 

“स्कूलको जमिन पनि भारतीय पक्षले सिमानामा पर्ने भन्दै हस्तक्षेप गर्न खोजी रहेको छ ।” उहाँले भन्नुभयो । 

जिल्ला शिक्षा कार्यालयबाट प्राप्त हुने अनुदान रकमसमेत वितरण रोकिँदा आर्थिक समस्या भएको हो । “समस्या त पहिलेदेखि नै थियो,” साउदले भन्नुभयो– “जिल्लाबाट अनुदान रोकिँदा झन समस्या भएको छ ।” रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा