२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको सूर्यविनायक पूर्ण खोप घोषित

२०७४, २९ माघ सोमबार १२:३१

माघ २९, भक्तपुर | सूर्यविनायक नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले सूर्यविनायक नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्दै पाँच वर्षभित्र भक्तपुर जिल्लालाई सबै क्षेत्रबाट सम्पन्न जिल्ला बनाइने अठोट व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा सुरुङमार्ग तथा हनुमन्ते र मनोहरा खोला करिडोर निर्माण, खानेपानीको व्यवस्था, स्याटलाइट सिटी(मुख्य शहर वरिपरिका शहर)को व्यवस्था, दधिकोटको चित्रपुरमा खेलकुद कबर्ड हल, नलिञ्चोकमा रंगशाला, अनन्तलिंगेश्वर मन्दिरमा दृश्यावलोकन स्तम्भ निर्माण, घरवास पर्यटन विकास, चित्तपोलमा मानवनिर्मित तलाउ र काठमाडौँ उपत्यकाको सबैभन्दा लामो झोलुंगे पुल निर्माण गरिने बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रजिअ द्रोण पोखरेल, नगर प्रमुख वासुदेव थापालगायतले नगरपालिकालाई खोप सुनिश्चित गरेसँगै हरेक वर्ष कोही पनि बालबालिका खोपबाट बञ्चित नहुने गरी स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । नगरपालिकाले यस वर्ष दुई हजार ४०० बालबालिकालाई खोप दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला