२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरको सूर्यविनायक पूर्ण खोप घोषित

२९ माघ २०७४, सोमबार १२:३१

माघ २९, भक्तपुर | सूर्यविनायक नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । 

यहाँ आज आयोजित कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतले सूर्यविनायक नगरलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गर्दै पाँच वर्षभित्र भक्तपुर जिल्लालाई सबै क्षेत्रबाट सम्पन्न जिल्ला बनाइने अठोट व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा सुरुङमार्ग तथा हनुमन्ते र मनोहरा खोला करिडोर निर्माण, खानेपानीको व्यवस्था, स्याटलाइट सिटी(मुख्य शहर वरिपरिका शहर)को व्यवस्था, दधिकोटको चित्रपुरमा खेलकुद कबर्ड हल, नलिञ्चोकमा रंगशाला, अनन्तलिंगेश्वर मन्दिरमा दृश्यावलोकन स्तम्भ निर्माण, घरवास पर्यटन विकास, चित्तपोलमा मानवनिर्मित तलाउ र काठमाडौँ उपत्यकाको सबैभन्दा लामो झोलुंगे पुल निर्माण गरिने बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रजिअ द्रोण पोखरेल, नगर प्रमुख वासुदेव थापालगायतले नगरपालिकालाई खोप सुनिश्चित गरेसँगै हरेक वर्ष कोही पनि बालबालिका खोपबाट बञ्चित नहुने गरी स्वास्थ्य सेवा सुनिश्चित गरिने बताउनुभयो । नगरपालिकाले यस वर्ष दुई हजार ४०० बालबालिकालाई खोप दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य