२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

आज विश्व रेडियो दिवस, स्रोता घटे पनि महत्व घटेको छैन

२०७४, १ फाल्गुन मंगलवार ०९:०३

नारायण ढङ्गाना / फागुन १, चितवन | सूचना र प्रविधिको विकाससँगै रेडियो सुन्ने स्रोता घटे पनि अझै रेडियोको महत्व भने अझै घटेको छैन । नेपालमा रेडियो स्थापना भएको छ दशक नाघिसकेको छ । 

सुरुसुरुमा सूचना र प्रविधिको विकास राम्ररी भइसकेको थिएन । तसर्थ उसबेला रेडियोको महत्व ठूलो थियो । अहिले पनि महत्वका हिसाबले एफएम रेडियो अगाडि नै रहेको बताउनुहुन्छ नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शीतल महतो । 

अनलाइन, पत्रिकाको आफ्नै पाठक र टेलिभिजनको आफ्नै दर्शक, स्रोता भए पनि रेडियोका छुट्टै स्रोता रहेको उहाँ औँल्याउनुहुन्छ । “सहज पहुँचका हिसाबले पनि सर्वसाधारणको भरपर्दो सूचनाको साधन रेडियो नै हो”, सचिव महतो भन्नुहुन्छ । 

चितवनको पहिलो रेडियो स्टेशन सिनर्जी एफएमका स्टेशन म्यानेजर अमर प्रधान रेडियोको स्रोता घटे पनि महत्व अझै रहेको बताउनुहुन्छ । अझै पनि सस्तो, सहज र सरल सूचना प्राप्त गर्ने माध्यमका रुपमा रेडियो पहिलो नै भएको उहाँ दाबी गर्नुहुन्छ । 

विगतमा सूचना प्राप्त गर्न रेडियो नेपाल, बिबिसी, अल इन्डिया रेडियो सबैका सामु लोकप्रिय थिए तर पछिल्लो समय एफएम रेडियोको विकास र विस्तार भएपछि भने सर्वसाधारणमा सूचनाको पहुँच ह्वात्तै बढ्यो । त्यसपछि रेडियो नेपालभन्दा एफएम रेडियो सर्वसाधारणमा सहज सूचनाको माध्यम बन्न पुग्यो । 

पछिल्ला समयमा भने मोबाइलमै विश्वका सबै सूचना आउने भएकाले रेडियोका स्रोता भने घट्दो क्रममा नै छन् । अनलाइन माध्यम अहिले प्रभावकारी बन्दै आएको छ तर पनि सबै पत्रिका, अनलाइन माध्यमहरु गाउँको पहुँचमा पुगेका छैनन् । पुगे पनि खर्चिलो छ । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष राधेश्याम खतिवडा शहरबजारमा रेडियो सुन्ने स्रोता घटे पनि अझै गाउँमा सूचनाको माध्यम रेडियो नै भएको बताउनुहुन्छ । 

उहाँका अनुसार चितवनमा १४ वटा रेडियो छन् । केही रेडियो खुल्ने क्रममा छन् । त्यसमा आधाजस्तो सामुदायिक रेडियो छन् । अहिले मुख्यगरी जिल्लामा सिनर्जी र कालिकासहित त्रिवेणी एफएम, हाम्रो एफएम, रेडियो चितवन, अर्पण, ग्रेट एफएम, रिलेशन एफएम, रेडियो नारायणी, माडी एफएम, ड्रिम्स एफएमलगायत रेडियो सञ्चालनमा छ । 

चितवनको इतिहासमा २०५८ कात्तिक २६ गते पहिलो रेडियो सिनर्जी एफएम खुल्यो, अर्काे वर्ष कालिका एफएम सञ्चालनमा आयो । त्यसपछि क्रमैसँग रेडियो खुल्ने क्रम शुरु भएको हो । सिनर्जी एफएम राजधानी बाहिर कै छैटौँ तथा नेपालको १४औँ रेडियोका रुपमा स्थापना भएको बताउनुहुन्छ, स्टेशन म्यानेजर प्रधान । 

त्यतिखेरको सूचनाको महत्वपूर्ण माध्यम रेडियो थियो । लोकतन्त्र स्थापनामा पनि रेडियोको आफ्नैखालको भूमिका रहेको सम्झनुहुन्छ प्रधान । पछिल्ला समयमा वडावडा, टोलटोलमा रेडियो खुल्ने चलनले अस्वस्थ्य प्रतिष्पर्धा निम्त्याएको छ भन्नुहुन्छ उहाँ । 

प्रविधिकै कारण रेडियोको आकर्षण केही घटेको भए पनि पहुँचमा भने अझै पहिलो नम्बरमै भएको स्टेशन म्यानेजर प्रधानको दाबी छ । 

पछिल्ला समयमा रेडियो जथाभावी खुल्ने क्रम रह्यो । कार्यक्रमको गुणस्तरमा ध्यान नदिँदा रेडियोप्रति वितृष्णा छ । रेडियोले स्थानीय मुद्दा उठाउन नसकेको पत्रकार महासंघ चितवनका अध्यक्ष खतिवडाको अनुभव छ । 

यस्तै राजधानीका रेडियो सञ्जालका कार्यक्रम बजाउने, काठमाडौँबाटै उत्पादित कार्यक्रम र समाचार प्रस्तुत गर्ने गर्दा रेडियोको स्थानीयतामा प्रश्न उब्जेको छ । समुदायका लागि भनेर खोलिएका सामुदायिक रेडियो व्यावसायिक रेडियो झैँ स्थानीयवासीलाई छाडेर राष्ट्रिय कार्यक्रममा ध्यान दिने गरेका छन् । 

विसं २०६५ चैत १९ मा स्थापना भएको रेडियो त्रिवेणीका स्टेशन म्यानेजर अर्जुन अधिकारी गाउँ क्षेत्रमा रेडियोका स्रोता बढेको र शहरमा घटेको बताउनुहुन्छ । रेडियो प्रत्यक्ष जनतासँग जोडिएकाले महत्व भने अझै रहेको उहाँको भनाइ छ । 

“कार्यक्रमहरु जुधाउने गर्दा रेडियोको आफ्नो पहिचान के त, कसैको छैन, एउटाले कार्यक्रम ग¥यो अर्काेले त्यस्तै कार्यक्रम ल्याउँछ”, अधिकारीले भन्नुभयो, कार्यक्रमसमेत काठमाडौँमुखी छन् ।” दक्ष जनशक्ति अभावले गुणस्तरीयता कमजोर रहेको उहाँको टिप्पणी छ । 

अझै भाषाशैली, स्थानीय भाषा तथा शुद्ध उच्चारणमा समेत रेडियोमा ठूलो समस्या रहेको पाइन्छ । नयाँ पुस्ताले रेडियो धान्नुपर्ने अवस्था आएकाले पनि गुणस्तरमा कमजोर भएको बताउनुहुन्छ अध्यक्ष खतिवडा । 

आफूहरुले रेडियोको गुणस्तरमा कुनै कञ्जुस्याईं नगरेको बताउनुहुन्छ रेडियो सिनर्जीका स्टेशन म्यानेजर प्रधान । 

रेडियो त्रिवेणीका स्टेशन म्यानेजर अर्जुन अधिकारी विज्ञापन बजारमा समेत रेडियोको अस्वस्थ्य प्रतिष्पर्धा रहेको औँल्याउनुहुन्छ । 

नेपालमा २००३ सालमा रेडियो प्रसारण शुरु भएको थियो । विसं २०५२ देखि भने एफएम रेडियो शुरु भयो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६औँ सम्मेलनले पारित गरेपछि हरेक वर्ष फेब्रुअरी १३ अर्थात् आजको दिनमा रेडियो दिवस मनाइँदै आइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा