फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव"/>

2026-09-19 02:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

त्रिवेणी उच्च मावि कटारीको स्वर्ण महोत्सव शुरु


फागुन २, उदयपुर | उदयपुरको कटारीमा अवस्थित त्रिवेणी उच्च मावि कटारीले विद्यालय स्थापनाको ५० औँ वर्ष पुगेको अवसर पारेर मंगलबारदेखि सप्ताहव्यापी स्वर्णमहोत्सव कार्यक्रमको आयोजना गरेको छ । 

उक्त सप्ताहव्यापी स्वर्ण महोत्सवको उद्घाटन एक औपचारिक कार्यक्रमबीच कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने फागुन ८ गते यसको समापन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको आयोजकले बताएका छन् । 

स्वर्ण महोत्सवको पहिलो दिन कटारी नगरपालिका अन्तर माविस्तरीय दौड प्रतियोगिता, कटारी बजार नगरसरसफाइ कार्यक्रम सम्पन्न भएको छ । 

फागुन ४ र ५ गते सगरमाथा अञ्चल अन्तर माविस्तरीय भलिबल प्रतियोगिता, फागुन ६ तथा ७ गते लोकनृत्य तथा जिल्लास्तरीय लोकदोहोरी गीत प्रतियोगिता सञ्चालन हुने भएको आयोजक समितिका सचिव तथा त्रिवेणी उच्च माविका प्राचार्य बालकृष्ण कार्कीले बताउनुभएको छ । 

फागुन ८ गते राष्ट्रपति भण्डारीबाट स्मारिका अनावरण, स्मारिक विमोचन, विद्यालयका पूर्वविद्यार्थी तथा विद्यालय स्थापनाका लागि योगदान गर्नुहुने महानुभावलाई सम्मानपत्र वितरण गरिने कार्यक्रम रहेको आयोजकले बताएका छन् । स्मरण रहोस् त्रिवेणी उच्च मावि कटारी जिल्लाकै पुरानो विद्यालयमध्येको एक हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई