फागुन २, भक्तपुर | भक्तपुरको सल्लाघारीस्थित एउटा ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २, भक्तपुर | भक्तपुरको सल्लाघारीस्थित एउटा ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज "/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

एनसेल टावरमा भेटिएको बम डिस्पोज गरियो

२ फाल्गुन २०७४, बुधबार १०:३८


फागुन २, भक्तपुर | भक्तपुरको सल्लाघारीस्थित एउटा ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरिएको छ । 

एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि आएको नेपाली सेनाको बम डिस्फोजल टोलीले दुई घण्टाको प्रयासपछि बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ । 

टावरमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो । बोराभित्र राखेको अवस्थामा सेनाको टोलीले प्रेसरकुकर बम भेटेको हो । 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले अज्ञात समूहले सर्वसाधारणलाई आतंकित पार्ने गरी प्रेसर कुकरमा केही विस्फोटक पदार्थ राखेको भन्ने खबर प्राप्त भएपछि सेनाको टोलीलाई खबर गरेको जानकारी दिनुभयो । 

सेनाको टोलीले बम निष्क्रिय पारेको जानकारी दिँदै उहाँले घटनाबारे अनुसन्धान शुरु गरेको बताउनुभयो । बम भेटिएपछि अरनिको राजमार्ग भएर गुड्ने यातायाताका साधनलाई समेत दुई घण्टा गुड्न रोक लगाएको थियो । सवारीसाधनलाई राधेराधेबाट निकोसेरा हँुदै पठाउँदा राधेराधेबाट सल्लाघारीसम्मको सडक बन्द भएको थियो । 

दुई सुरक्षा गार्ड रहेको सो भवनको छतमा कसरी बम राखियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ । 

यसैगरी मंगलबार राति चाँगुनारायण नगरपालिका सुडालमा रहेको एनसेलको टावरमा पनि विस्फोट गराएको थियो । अज्ञात समूहले राति करिब १० बजे गराएको विस्फोटबाट ऐनसेल टावरको ब्याट्रीलगायतका केही सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान