2026-09-19 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

विद्युत् चोरीमा संलग्न ८ जना मोरङ्गबाट पक्राउ

फागुन ३, विराटनगर | विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका–६ बाट नेपाल विद्युत् प्राधिकरण र प्रहरीको संयुक्त टोलीले विद्युत् चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई नियन्त्रणमा लिएको छ । 

प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्राधिकरणले जनाएको छ । 

यसरी पक्राउ पर्नेमा कटहरी–६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार छन् । 

सबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

तस्करीको सामान बरामद 

‘सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान’ अन्तर्गत प्रहरीले करिब रु दुई लाख मूल्य बराबरको तस्करीको सामान आज बिहान बरामद गरेको छ । 

विराटनगरस्थित प्रदेश नं १ प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट भन्सार छली तथा चोरी तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ताकपडा, मरिच, सुपारी साइकल र रिक्सालगायतकोे सामान बरामद गरेको हो । 

उक्त सामान अनुसन्धानपश्चात् कारबाहीका लागि भन्सार कार्यालयमा आज बुझाइएको प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो