2026-10-16 07:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

धानखोलावासीको समस्या: मोवाईल छ, तर टावर नै आउदैन

माधव बेल्वासे/फागुन ४, कपिलवस्तु । अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । 

कतिपय घरहरुमा त सवै सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै कपिलवस्तु, अर्घाखाची, दाङ जिल्लाको सिमानाका पर्ने धानखोलामा प्रयाः सवै घरमा मोवाइल छ तर त्यहा टावरले काम गर्दैन ।स्थानियहरु संचारको पहुचवाट धेरै टाठा रहेको देखीन्छ । 

गाई भैसी पाल्ने सामान्य पसल होटलहरु संचालन यस गाउका स्थानियहरुले गरेका छन । कपिलवस्तुकोशिवराज नगरपालिका वाड न १ र ९ यहि वस्तीमा पर्ने गर्दछ । त्यहा वुद्धीजिवीहरुले संचारको माध्यम हुनुपर्छ भन्ने माग राखेपनि कसैले वास्ता गरेको छैन ।त्यो ठाउमा विकाश हुन्छकी भनेर अझै पनि वसाइसरी आउने गर्दछन । 

कपिलवस्तुको चन्द्रौटावाट करिव १५ किलोमीटर रहेको ठाउका स्यानियहरु मोवाईलमा टावर नआउदा समस्या भोगिरहेका छन । यस गाउका स्थानियहरु सामाजिक संजाल तथा ईन्टरनेटको पहुचवाट टाढा रहेका छन ।

समस्या लाई विभिन्न निकाय सम्म पनि स्थानियहरु नपुराएका होइनन तर बेवास्ता गर्दा यस्तो समस्या वाट ग्रसीत रहेका छन ।फोन गर्नको लागी १० किलोमिटर जानुपर्ने समस्या रहेको स्थानिय दिनेश पुनले वताए ।

पुनले भने “यस गाउको मुख्य समस्या नै टावरको हो यसमा कसैको ध्यान जान सकेको छैन मैले धेरै ठाउमा गएर यो समस्या सुनाए तर अहिले सम्म समाधान भएको छैन” ।

गाउमा करिव ८० घरधुरी रहेका छन ।अधिंकाशं घरहरुमा मोवाईल रहेका छन मोवाईल लाई गित सुन्नको लागी मात्र प्रयोग गर्ने गरेको स्यानिय राजकुमार रानाले वताए ।घास दाउरा जादा गित सुन्नु वाहेक केहि काम छैन मोवाईको रानाले थपे । 

कसैलाई फोन गर्न परे माथि डाडा तिर या भालुवाङ,चन्द्रौटा पुग्नुपर्ने समस्या रहेको रानाले गुनासो पोखे ।उता भरखरै चुनावमा जिताएर पठाएका नेताहरु पनि यस ठाउमा संचारको पहुच हुनुपर्छ भन्ने कुरा विभिन्न कार्यक्रममा राख्दै आएका छन । 

धानखोलामा संचारको पहुच पुर्याउनु पर्छ त्यसको पहल र विभिन्न वैठकमा कुरा उठाएको शिवराज नगरपालिका वडा न ९ का वडा अध्यक्ष जिवन खड्काले वताए । कपिलवस्तुको एतिहासी ठाउ समेत रहेको धाखोलामा मोवाइल तथा संचारको पहुच नहुनु दुखद कुरा रहेकोले त्यसको लागी जस्तो सुकै कादम चाल्नुपरे पनि तयार रहेको खड्काले जनाए ।

त्यस्तै शिवराज नगरपालिकाका प्रमुख लगाएतको टिमसग यो विषयम विशेष छलफल समेत भएको अध्यक्ष खड्काले दावी गरे । त्यस्तै शिवराज नगरपालिकाले पनि नगरभित्रका सवै टोल टोलमा संचारको पहुच पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ । 

नगरका प्रमुख नेत्रराज अधिकारीले धानखोलाको विषयमा महत्वुर्ण समस्या रहेकोले यसलाई नगरपालिकाले नेपाल टेलीकम एनसिएल लगाएत सग समन्वयन गरी समस्या समाधान गर्ने वताए । कपिलवस्तु सगै छिमेकी जिल्ला दाङ अर्घाखाचीले पनि यस विषयलाई गम्भीर रुपमा ल्याई समाधान गर्नुपर्ने देखीन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु