2026-07-25 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा ४ जनामा पाठेघरको क्यान्सरको शंका, १० जनाको अप्रेशन गर्नुपर्ने

फागुन ४, सल्यान । दुइ दिन सम्म कपुरकोटमा चलेको निःशुल्क पाठेघरको समस्या सम्बन्धी शिविरमा पाठेघरको मुखको क्यान्सरको ४ जना संकास्पद विरामी फेला परेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय सल्यानले गरेको निःशुल्क भीआईए परिक्षण अर्थात् ‘भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड’ परीक्षणबाट ४ जनामा पाठेघरको मुखको क्यान्सरको शंका गरिएको डाक्टर दिपक ढकालले बताए ।

बुधबार र विहिबार दुइ दिन सम्म चलेको शिविरमा ७ जना महिलाको पाठेघरको अप्रेशन गर्नुपर्ने भएकाले दाङ घोराहिमा निःशुल्क अप्रेृशनका लागी रिफर गरिएको छ ।  

यस्तै १० जना पाठेघर (आङ) खसेका महिलालाइ रिङ पेशरि राखेर उपचार गरिएको कपुरकोट गाउँ स्वास्थ्य संयोजक अरुण दाहालले जनाएका छन् । अन्य २०४ जना महिलाले पनि पाठेघर तथा तल्लो पेट दुख्ने लगाएतका समस्या लिएर आएकोमा उपचार र परामर्श पाएका छन् ।

यसैविच पाठेघरको क्यान्सरबाट बच्न आफुमा भएको समस्या लुकाउन नहुने चिकित्सकहरुले बताएका छन् । समयमै जानकारी भएको अवस्थामा पाठेघरको मुखको क्यान्सर निको हुने भएकाले बेलैमा चेकजाँचका लागी स्वास्थ्य संस्थमा पुग्नुपर्ने डाक्टर डाक्टर ढकालले बताए ।

कलिलै उमेरमा विवाह नगर्ने, धेरै बच्चा नपाउने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, गोप्य अंगको सरसफाईमा ध्यान दिने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, यौनरोग एवं गुप्तांगसम्बन्धी रोगको समयमै आवश्यक उपचार गराएमा यो रोगबाट बच्न सकिने डाक्टरहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक