२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सौराहा खाना महोत्सव सम्पन्न

४ फाल्गुन २०७४, शुक्रबार ०८:१७

फागुन ४, चितवन | प्रेम दिवसको अवसर पारेर चितवनको रत्ननगरस्थित सौराहामा सञ्चालन गरिएको १२औँ सौराहा खाना महोत्सव सम्पन्न भएको छ । 

‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ नारासहित यही माघ २८ गतेदेखि शुरु भएको महोत्सव गएराति सम्पन्न भएको हो । सौराहा फुड फेस्टिबल (खाना महोत्सव)को करिब एक लाख दर्शकले अवलोकन गरेका थिए भने झण्डै रु ५० लाखको कारोबार भएको आयोजकको भनाइ छ । 

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजनामा भएको उक्त महोत्सवको सहआयोजक क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूह रहेको थियो । महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये वृद्धवृद्धा, अपांगलाई सहयोगसँगै घुम्ती शौचालन निर्माण, सरसफाइ र उज्यालो सौराहा कार्यक्रमका लागि सहयोग गरिने क्षेत्रीय रेवान चितवनका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो । 

सो अवसरमा पर्यटन व्यवसायी सुवासचन्द्र गौतम, इन्द्रराज चौधरी, राजेश तामाङ, दलबहादुर चौधरी र सम्झना नेपाललाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम गरिएको प्रचार संयोजक सूर्य रिमालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य