फागुन ४, चितवन | प्रेम दिवसको अवसर पारेर चितवनको रत्ननगरस्थित सौराहामा सञ्चालन गरिएको १२औँ सौराहा खाना महोत्सव सम्पन्न भएको छ ।

‘प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता’ नारासहित यही माघ २८ गतेदेखि शुरु भएको महोत्सव गएराति सम्पन्न भएको हो । सौराहा फुड फेस्टिबल (खाना महोत्सव)को करिब एक लाख दर्शकले अवलोकन गरेका थिए भने झण्डै रु ५० लाखको कारोबार भएको आयोजकको भनाइ छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (क्षेत्रीय रेवान) र रेवान महिला समूहको आयोजनामा भएको उक्त महोत्सवको सहआयोजक क्षेत्रीय होटल संघ, युनाइटेड हात्ती सञ्चालन सहकारी, सौराहा पर्यटन व्यवसायी समूह र साना पर्यटन व्यवसायी समूह रहेको थियो । महोत्सवको टिकट बिक्रीबाट आएको आम्दानीमध्ये वृद्धवृद्धा, अपांगलाई सहयोगसँगै घुम्ती शौचालन निर्माण, सरसफाइ र उज्यालो सौराहा कार्यक्रमका लागि सहयोग गरिने क्षेत्रीय रेवान चितवनका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिनुभयो ।

सो अवसरमा पर्यटन व्यवसायी सुवासचन्द्र गौतम, इन्द्रराज चौधरी, राजेश तामाङ, दलबहादुर चौधरी र सम्झना नेपाललाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा वेटर रेस प्रतियोगिता, प्रेमपत्र लेखन प्रतियोगिता, तेक्वान्दो प्रतियोगिता, महिलाबीच म्यूजिकल चेयर, बालबालिकाबीच बेलुन फुटाउने प्रतियोगिता, उत्कृष्ट खाना प्रतियोगिता, घैला शृङ्गार प्रतियोगितालगायत कार्यक्रम गरिएको प्रचार संयोजक सूर्य रिमालले बताउनुभयो । रासस

सौराहा खाना महोत्सव सम्पन्न
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment