दाङको डुरुवा र फूलवारी गाविसमा असिनावाट लाखौंको क्षति

Posted on: 14 Mar, 2016

सन्तोषकुमार गुप्ता/चैत १, दाङ । वर्षा संगै परेको भारी असिनाले जिल्लाको डुरुवा र फूलवारीमा लाखौंको अन्तवालि एवं तरकारी खेति नष्ट पारेको छ ।

सोमवार विहान झन्डै दुई बजेदेखि परेको असिनाले फूलवारीमा भित्र्याउन तयारी अवस्थामा रहेको मसुरो, गहँु,जौं, चना, केराव वालि नष्ट पारेको स्थानीय भागिरथ खड्काले जानकारी दिए । एउटा असिनाको ढिका एक केजी देखि दूई अढाई केजी सम्मको परेको उनले बताए । उनले आफूले अहिले सम्म यति ठूलो असिना परेको कहिलै थाहाँ नपाएको जानकारी दिए ।

असिनाबाट सबैभन्दा बढी क्षति दाङको डुरुवा गाविसमा पुगेको छ । नेपाली काँग्रेस डुरुवा गाविस सचिव धनिराम चौधरीले डुरुवा गाविसमा मात्रै लाखौं क्षति भएको बताए । गएराति मध्यरातदेखि नै जिल्लामा वर्षा सुरु भएको थियो । तर सोमवार विहान २ बजेदेखि ठूलो असिना पर्दा लाखौंको तरकारी एवं अन्वालिमा क्षति पुगेको उनले बताए । डुरुवा जिल्लाको तरकारी उत्पादनको लागि पकेट क्षेत्र मानिन्छ । जहाँ साना तथा मझौंला आय स्तरवृद्धि बाट झन्डै २० विगाहा जतिमा आलु खेति मात्रै गरिएको थियो ।

बबई नदीवाट लिफ्फ सिस्टमवाट सिंचाईको प्रवन्ध गरि यहाँ आलु खेति गरिन्छ । धनिरा चौधरीले दिएको जानकारी अनुसार अकमीमा १० विगाहा र मटेरामा ८ विगाहा क्षेत्रफलमा लगाएको टिपियस आलुको खेति असिनाले सखाप पारेको छ । उनले डुरुवामा १ फिट देखि ४फिट सम्म असिनाले छोपेको जानकारी दिए । स्थानीय राजकुमार चौधरीले असिनाले डुरुवा ९ को मटेरा, ड्वाँङपुर,खौसापुर, डुरुवा ८ को अकमी,डुरुवा २ को पहेली, पदमपुर लगायतका स्थानमा असिनाले सबैभन्दा धेरै क्षति पुगेको बताए । उनले भने ‘ मटेरामा सहकारी संस्था मार्फत सामुहिक तरकारी खेति हुँदै आएको थियो ।

यो जिल्लोको तरकारी उत्पादनको पकेट क्षेत्र हो । मटेरा ताजा खरकारी उत्पादन क्षेत्रमा आज आएर हेर्नुहोस तरकारीको नाम निसान भेटिदैन ।’ उनले टमाटर, भिन्डि, सिमि, आलु, वोडी, खुर्सानी,प्याज जस्ता तरकारी वाली र खाद्यान्न अन्तरगत लाखौंको चना , केराउ, गहुँ,मसुरो असिनाले सखाप पारेको जानकारी दिए । यतिठूलो असिना परेको थियो की त्यो असिना विहाना १० बजेसम्म पारिलो घाम लाग्दा समेत गलि सकेको छैन । तर धेरै वालवालिका एवं यूवायूवतिहरुले असिनाको थुप्रोमा रमाई रहेका देखिन्थे ।

अनौंठोको कुरा जिल्लाको अन्यभागमा भने कतैपनि असिना परेको खबर प्राप्त भएको छैन । अनेत्र कतै असिना नपर्नु र जिल्लाको दुईवटा गाविसमा मात्रै भारि मात्रामा असिना पर्नुलाई वातावरण क्षेत्रमा कार्यरतहरुले यो जलवार्यू परिवर्तनको प्रभावको कारण भएको बताएका छन् ।

महोत्सवका दर्जन बढी स्टलमा हावा र पानीले क्षति पु¥यायो 

सोमबार बिहान पख चलेको हावा र परेको पानीले दाङको घोराहीमा जारी महोत्सवका संरचनाहरुमा क्षति पु(याएको छ । महोत्सवका दर्जन बढी स्टलहरुमा हावाले क्षति पु(याएको छ भने पानीले पनि हिलाम्य बनाएको छ । महोत्सव स्थल हिलाम्य भएको छ भने केही स्टलका समानहरु भिजेको छ ।

महोत्सव आयोजक दाङ दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेका अनुसार भत्कीएका स्टलहरु निर्माण र सफाई गर्ने काम भैरहेको छ । सो स्थलका गाडि राखिएका, होटेल सञ्चालन गरिएका र फेन्सीका स्टलहरुका कपडा हावाले उडाएको छ भने खम्बाहरु भाँचिएको छ त्यस्तै टिनका बारहरुमा समेत हावाले असर गरेको छ । बिहानै देखी स्वयमसेवक तथा आयोजकहरुले मर्मतको कामलाई जारी राखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!