२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको डुरुवा र फूलवारी गाविसमा असिनावाट लाखौंको क्षति

२०७२, १ चैत्र सोमबार ११:५४

सन्तोषकुमार गुप्ता/चैत १, दाङ । वर्षा संगै परेको भारी असिनाले जिल्लाको डुरुवा र फूलवारीमा लाखौंको अन्तवालि एवं तरकारी खेति नष्ट पारेको छ ।

सोमवार विहान झन्डै दुई बजेदेखि परेको असिनाले फूलवारीमा भित्र्याउन तयारी अवस्थामा रहेको मसुरो, गहँु,जौं, चना, केराव वालि नष्ट पारेको स्थानीय भागिरथ खड्काले जानकारी दिए । एउटा असिनाको ढिका एक केजी देखि दूई अढाई केजी सम्मको परेको उनले बताए । उनले आफूले अहिले सम्म यति ठूलो असिना परेको कहिलै थाहाँ नपाएको जानकारी दिए ।

असिनाबाट सबैभन्दा बढी क्षति दाङको डुरुवा गाविसमा पुगेको छ । नेपाली काँग्रेस डुरुवा गाविस सचिव धनिराम चौधरीले डुरुवा गाविसमा मात्रै लाखौं क्षति भएको बताए । गएराति मध्यरातदेखि नै जिल्लामा वर्षा सुरु भएको थियो । तर सोमवार विहान २ बजेदेखि ठूलो असिना पर्दा लाखौंको तरकारी एवं अन्वालिमा क्षति पुगेको उनले बताए । डुरुवा जिल्लाको तरकारी उत्पादनको लागि पकेट क्षेत्र मानिन्छ । जहाँ साना तथा मझौंला आय स्तरवृद्धि बाट झन्डै २० विगाहा जतिमा आलु खेति मात्रै गरिएको थियो ।

बबई नदीवाट लिफ्फ सिस्टमवाट सिंचाईको प्रवन्ध गरि यहाँ आलु खेति गरिन्छ । धनिरा चौधरीले दिएको जानकारी अनुसार अकमीमा १० विगाहा र मटेरामा ८ विगाहा क्षेत्रफलमा लगाएको टिपियस आलुको खेति असिनाले सखाप पारेको छ । उनले डुरुवामा १ फिट देखि ४फिट सम्म असिनाले छोपेको जानकारी दिए । स्थानीय राजकुमार चौधरीले असिनाले डुरुवा ९ को मटेरा, ड्वाँङपुर,खौसापुर, डुरुवा ८ को अकमी,डुरुवा २ को पहेली, पदमपुर लगायतका स्थानमा असिनाले सबैभन्दा धेरै क्षति पुगेको बताए । उनले भने ‘ मटेरामा सहकारी संस्था मार्फत सामुहिक तरकारी खेति हुँदै आएको थियो ।

यो जिल्लोको तरकारी उत्पादनको पकेट क्षेत्र हो । मटेरा ताजा खरकारी उत्पादन क्षेत्रमा आज आएर हेर्नुहोस तरकारीको नाम निसान भेटिदैन ।’ उनले टमाटर, भिन्डि, सिमि, आलु, वोडी, खुर्सानी,प्याज जस्ता तरकारी वाली र खाद्यान्न अन्तरगत लाखौंको चना , केराउ, गहुँ,मसुरो असिनाले सखाप पारेको जानकारी दिए । यतिठूलो असिना परेको थियो की त्यो असिना विहाना १० बजेसम्म पारिलो घाम लाग्दा समेत गलि सकेको छैन । तर धेरै वालवालिका एवं यूवायूवतिहरुले असिनाको थुप्रोमा रमाई रहेका देखिन्थे ।

अनौंठोको कुरा जिल्लाको अन्यभागमा भने कतैपनि असिना परेको खबर प्राप्त भएको छैन । अनेत्र कतै असिना नपर्नु र जिल्लाको दुईवटा गाविसमा मात्रै भारि मात्रामा असिना पर्नुलाई वातावरण क्षेत्रमा कार्यरतहरुले यो जलवार्यू परिवर्तनको प्रभावको कारण भएको बताएका छन् ।

महोत्सवका दर्जन बढी स्टलमा हावा र पानीले क्षति पु¥यायो 

सोमबार बिहान पख चलेको हावा र परेको पानीले दाङको घोराहीमा जारी महोत्सवका संरचनाहरुमा क्षति पु(याएको छ । महोत्सवका दर्जन बढी स्टलहरुमा हावाले क्षति पु(याएको छ भने पानीले पनि हिलाम्य बनाएको छ । महोत्सव स्थल हिलाम्य भएको छ भने केही स्टलका समानहरु भिजेको छ ।

महोत्सव आयोजक दाङ दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेका अनुसार भत्कीएका स्टलहरु निर्माण र सफाई गर्ने काम भैरहेको छ । सो स्थलका गाडि राखिएका, होटेल सञ्चालन गरिएका र फेन्सीका स्टलहरुका कपडा हावाले उडाएको छ भने खम्बाहरु भाँचिएको छ त्यस्तै टिनका बारहरुमा समेत हावाले असर गरेको छ । बिहानै देखी स्वयमसेवक तथा आयोजकहरुले मर्मतको कामलाई जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी