भालुवाङ्ग खानेपानी तथा सरसफाईको साधारणसभा सम्पन्न

Posted on: 14 Mar, 2016

पूर्व कार्य समितीले हिनामिना गरेको ६८ हजार रकम तत्काल बुझाउने गरी पौने ६ लाख रकम मिनाह सन्तोषकुमार गुप्ता/चैत १, भालुवाङ । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङ्गको भालुवाङ्गमा भएको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पूर्व कार्य समिती हिनामिना गरेको ६८ हजार ५ सय १२ रुपैयाँ तत्काल एक महिना बुझाउने गरी ५ लाख ७२ हजार २ सय ९२ रुपैयाँ १७ पैसा मिनाहा गर्ने गरी माफी दिने निर्णय गरेको छ ।

तत्कालिन अलिमोहम्मद मियाँ अध्यक्ष रहेको पूर्व कार्य समितीले ६८ हजार ५ सय १२ रुपैयाँ नगद र ५ लाख ७२ हजार २ सय ९२ रुपैयाँ १७ पैसा खर्च भएको देखाएको भए पनि त्यसको कुनै बिल भरपाई नभेटिए पछि हालको समितीले पटक—पटक उक्त रकमको बिल भरपाई वा रकम दाखिला गर्न पत्राचार, ताकेता र सुचना प्रकाशन गरी आग्रह गर्दा समेत वेवास्ता गरेको समितीका कोषाध्यक्ष द्धारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०६८ फागुनमा सम्पन्न साधारणसभामा आम उपभोक्ताहरुको भेलाले तत्कालिन अलिमोहम्मद मियाँ अध्यक्ष रहेको कार्य समितीले गरेको काम कार्वाही आम्दानी खर्चको सत्यतथ्य पत्ता लगाउन उपभोक्ता जगतप्रसाद पोख्रेलको संयोजकत्वमा गठित छानबिन तथा सार्वजनिक लेखा समितीले उक्त नगद ६८ हजार ५ सय १२ रुपैयाँ र ५ लाख ७२ हजार २ सय ९२ रुपैयाँ १७ पैसाको जिन्सी खर्च भएको कुनै बिल भरपाई नभेटाए पछि उक्त रकम हिनामिना भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

साधारणसभा तथा अधिवेशनको बन्दसत्रमा समिती तत्कालिन पूर्व अध्यक्ष अलिमोहम्मद मियाँ आफ्नो कार्यकालमा ठुलो गल्ती भएको स्वीकार गदै नगद ६८ हजार ५ सय १२ रुपैयाँ एक महिना भित्र बुझाउने र अरु रकम माफी दिन पटक—पटक आग्रह गरे पछि बन्दसत्रमा सहभागी अन्य उपभोक्ताहरुको सहमति बिना नै उक्त ५ लाख ७२ हजार २ सय ९२ रुपैयाँ १७ पैसा माफी दिने निर्णय गरेको छ ।

बन्दसत्रमा सहभागी अधिकांश उपभोक्ताहरुले कुनै पनि हालमा उक्त रकम असुलउपर हुनु पर्ने माग राखे पनि जबजस्ती उक्त रकम माफी दिने निर्णय गरियो एक उपभोक्ताले भने । यसरी नै हिनामिना गर्ने व्यक्तिहरुलाई माफी दिने हो भने सुशासन र कानुनी शासनको के काम उपभोक्ता बाबुराम थापाले भने । हिनामिना गर्ने जो कोहीलाई पनि कानुन अनुसार कार्वाही गर्नुपर्ने र उक्त रकम असुलउपर हुनु पर्ने उपभोक्ताहरुको माग छ ।

समितीका अध्यक्ष कमल केसीको अध्यक्षता एवम् दाङ्ग क्षेत्र नम्बर २ की सांसद शुशिला चौधरीको प्रमुख आतिथ्य भएको कार्यक्रममा बोल्दै सांसद् चौधरीले प्रदेश नम्बर पाँचको राजधानी देउखुरी उपयुक्त रहेको बताईएकी छिन् । उनले भौगोलिक तथा सबै जिल्लाहरुको सम्पर्कको हिसाबले देउखुरीनै उपयुक्त भएको भन्दै दाङ्गको देउखुरी नै राजधानी हुने ठोकुवा समेत गरिन् । मैले संसदमा पनि प्रदेश नम्बर पाँचको राजधानी देउखुरी नै हुनु पर्छ भन्ने मान्यताका साथ हवाज उठाईरहेकी छु चौधरीले भनिन् ।

उनले पानी मानव जीवनको अतिसंम्बेदनशील चीज भएको भन्दै स्वच्छ खानेपानीका लागि सबै जना जिम्मेवार भएर लाग्न सुझाव समेत दिईन् । खानेपानी हामी सबैको आवश्यकता हो, यसको विकासका लागि सबै मिलेर जानु पछ उनले भनिन् ।

समितीका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्कीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा समितीका सचिव विकासकुमार शर्माले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष होमप्रसाद शर्माले आर्थिक बर्ष २०६९÷०७० को २६ लाख ८१ हजार ५ सय ३६ रुपैयाँ १२ पैसा, आर्थिक बर्ष २०७०÷०७१ को ५१ लाख ५४ हजार ५ सय २७ रुपैयाँ १९ पैसा, आर्थिक बर्ष २०७१÷०७२ को ४७ लाख ९७ हजार ८ सय ५२ रुपैयाँ ७८ पैसाको बास्तविक आय—व्यय तथा अगामी आर्थिक बर्ष २०७२÷०७३ को २ करोड ३८ लाख ९२ हजार ६५ रुपैयाँ ४७ पैसाको अनुमानित बजेत सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी सभामा आन्तरिक लेखा समितीका संयोजक यमदग्नी शर्माले लेखा प्रतिवेदन र अध्यक्ष कमल केसीले समितीको अगामी त्रिबर्षिय कार्ययोजना, आर्थिक बर्ष २०७२÷०७३ को प्रस्तावित बार्षिक निति तथा कार्यक्रम एवम् संस्था सुधार सम्बन्धि निमावली सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समिती अगामी तीन बर्ष भित्र समितीको कार्य क्षेत्र विस्तार गरी लोडसेटिङ्गको बेला समेत चौबिसैँ घण्टा स्वच्छ खानेपानी पु¥याउने, समितीको अत्याधुनिक सुविधा सम्पन्न कार्यालय भवन निर्माण र आर्थिक बर्ष २०७४÷०७५ सम्म समितीको सेवा क्षेत्र भित्र स्वच्छ, सफा खानेपानीको बितरण संगै व्यापक सेवा क्षेत्र बिस्तार गदै लैजाने लगायतका त्रिबर्षिय कार्ययोजना समेत पारित गर्नुका साथै अगामी आर्थिक बर्ष २०७२÷०७३ को सुविधा सम्पन्न खानेपानी ट्याङ्की निर्माण एवम् स्वच्छ सफा खाने पानी बितरण सहितको प्रस्तावित १४ बुदे बार्षिक निति तथा कार्यक्रम तथा ८ बुदे संस्था सुधार नियमावली समेत पारित भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाखर भुसाल, एनेकपा माओवादीका धर्मराज अधिकारी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, राप्रपाका टेकबहादुर गिरी, नेकपा माओवादी क्रान्तिकारीका गणेश केसी, नेकपा माओवादीका गिरबहादुर जिएम, लालमटिया गाविस सचिव दामोदर पोख्रेल, राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसी, भालुवाङ्ग नगर विकास समितीका अध्यक्ष ओमप्रकाश बुढाथोकी, स्वर्गद्धारी यातायात समिती प्यूठानका अध्यक्ष सुनिल बस्नेत, लमही खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष काँशीराम डाँगी, भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती पूर्व अधयक्ष अलिमोहम्मद मियाँ र पत्रकार केशव बोहरा लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन समितीका सदस्य टंकप्रसाद शर्माले गरेका थिए ।

नयाँ नेतृत्वका लागि चैत ६ गते निर्वाचन, सहमतिको सम्भावना कम, दलिय प्यानलको तयारी भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङ्गको सम्पन्न चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको बन्द सत्रमा नयाँ नेतृत्व चयनका लागि सहमति हुन नसके पछि यस अघि नै गठित मानबहादुर कुमालको संयोजकत्वमा ठाकुरप्रसाद आचार्य र दामोदर भण्डारी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितीले चैत ६ गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ ।

जस अनुसार चैत ६ गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ । जस अनुसार फागुन ३० गते ११ बजे प्रथम पटक उपभोक्ता मतदाता नामवली प्रकाशन, सोही दिन साढे ११ बजे देखि १ बजे सम्म दाबी बिरोद्ध र सोही दिन नै साँझा ४ बजे अन्तिम पटक उपभोक्ता मतदाता नामवली प्रकाशन गरिएको निर्वाचन समितीले जनाएको छ ।

जस अनुसार कुल उपभोक्ता घरधुरी मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीका संयोजक कुमालले जानकारी दिए । त्यसैगरी चैत ४ गते ११ बजे उम्मेद्धारी मनोनयन दर्ता, सोही दिन २ बजे सम्म उम्मेद्धार माथि दाबी बिरोद्ध, साथै सोही दिन नै ४ बजे उम्मेद्धारको अन्तिम नामवली प्रकाशन र चुनाव चिन्ह प्रदान गरिने निर्वाचन समितीले जनाएको छ । त्यसैगरी चुनाव चिन्ह प्रदान पछि चैत ५ गते राती १२ बजे सम्म प्रचारप्रसार, चैत ६ गते बिहान ८ बजे देखि साँझा ५ बजे सम्म मतदान, मतदान पछि सोही दिन नै मतगणा गरिने र बिजय उम्मेद्धार घोषणा गरिने निर्वाचन समितीका संयोजक कुमालले जानकारी दिए ।

यता भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङ्गको नयाँ नेतृत्व चयनमा सर्व सहमतिको सम्भाना कम देखि पछि विभिन्न दल संग आबद्ध उपभोक्ताहरु इति खेर चुनावी कसरतमा लागेका छन् । नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेस, एनेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले प्यानल बनाएर निर्वाचनमा जाने बताएका छन् । अहिले सम्म अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट हस्तबहादुर गुरुङ्ग, एनेकपा माओवादीबाट टोपबहादुर कार्की र राष्ट्रिय जनमोर्चाबाट होमप्रसाद शर्मा र टंकप्रसाद शर्माको नाम चर्चामा छ, तर अहिले सम्म कुनै दलले पनि आधिकारिक रुपमा आफ्नो उम्मेद्धारी घोषणा भने गरेका छैनन् ।

नेपाली काँग्रेसले भने छुट्टै प्यानल बनाएर चुनावी मैदानमा जाने बताएको भए पनि कसलाई उम्मेद्धार बनाउने भन्ने बिषयमा भने आधिकारिक निर्णय भई नसकेको नेपाली काँग्रेस लालमटिया ईकाइ सभापति दुर्योधन पाण्डे जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसको नेतृत्वमा हुने गरी अन्य दलहरु संग पनि छलफल भई रहेको जानकारी दिए । त्यस्तै नेकपा एमाले भने सकभर सहमतिको प्रयार गर्ने सहमति नभए अन्य दलहरु संग समन्वय गरेर प्यानल बनाउने तयारीमा रहेको नेकपा एमाले लालमटिया गाउँ पार्टी अध्यक्ष शोभाखर भुसालले जानकारी दिए ।

चुनावमा जाने भए को संग तालमेल गर्ने र क कसलाई उम्मेद्धार बनाउने भन्ने बिषयमा भन्ने निर्णय भई नसकेको जानकारी दिए । त्यस्तै एकिकृत नेकपा माओवादीले पनि आफ्नै नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा जाने बताएको छ, तर कसलाई कुन उम्मेद्धारी दिने भन्ने बिषयमा भने कुनै जानकारी दिएको छैन । एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीका अनुसार बिगतमा एमाले, राष्ट्रिय जनमोर्चा र अन्य दलहरु संग भएको भद्र सहमतिका अधारमा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती संयुक्त प्यानलको नेतृत्व आफूहरुले पाउनु पर्ने जानकारी दिए ।

भद्र सहमति अनुसार राप्ती उद्योग बाणिज्य संघको अध्यक्ष राष्ट्रिय जनमोर्चा, ऐरावती आर्दश बहुमुखी क्याम्पस सञचालक समितीको अध्यक्षमा नेकपा एमाले र खानेपानीको अध्यक्ष हामीले पाउने गरी मौखिक सहमति भएको जानकारी दिंदै ती दलहरुले हाम्रो नेतृत्वमा प्यानल बनाउन तयार नभएको बताए । यदि ती दलहरुले भद्र सहमति नमाने एक्लै भए पनि प्यानल बनाएर चुनावमा जाने बताएका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि चुवानी मैदानमा एक प्यानल बनाएर जाने की अन्य बामदलहरु संग मिलेर सयुक्त प्यानल बनाएर जाने बिषयमा अन्य दलहरु संग छलफल भईरहेको जानकारी दिएको छ । राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का इन्चार्ज होमप्रसाद शर्माका अनुसार अन्य बामपन्थी दलहरु आफ्नजो दलको नेतृत्वमा प्यानल बनाउन तयार भए सयुक्त प्यानल बनाएर जाने नभए एक प्यानल बनाएर भए पनि चुनावी मैदानमा जाने बताएका छन् ।

उनका अनुसार एमाओवादी, एमाले र अन्य दलहरु संग कुनै खालको भद्र सहमति नभएको समेत शर्माले जानकारी दिए । उम्मेद्धारका बिषयमा भने अहिले सम्म टुङ्गो नलागेको जानकारी दिए । यता अन्य साना दलहरुले भने कसको प्यानललाई सघाउने र कसलाई उम्मेद्धार पठाउने भन्ने बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!