Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पानी ट्याङकरले ठक्कर दिँदा दुई जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

फागुन ६, हेटौँडा (रासस) | हेटौँडा उपमहानगरपालिका वडा नं। ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका–११ का २० वर्षीय माया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाबाट माडीतर्फ जाँदै गरेको ना३त ६०२७ नम्बरको पानीट्याङकरले चितवनको भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना४५प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा गएराति दुबै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौडा उपमहानगरपालिका–१४ पद्म पोखरीबाट हेटौँडातर्फ आउँदै गरेको ना६त ३४१३ नम्बरको ट्याक्टर स्थानीय कुखरेनी खोलामा दुर्घटना हुँदा ट्याक्टरका सहचालक हेटौँडा–१४ का २९ वर्षीय सोमबहादुर लामाको गएराति सोहि ट्याक्टरमा च्यापिएर मृत्यु भएको पशुपतिनगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।