2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हलेसी आगलागी पिडितलाई १३ लाख ३५ हजार बढी राहत प्रदान

चिसाङ शेर्पा | फागुन ६, खोटाङ | जिल्लाको हलेसी आगलागी पिडितलाई १३ लाखभन्दा बढि राहत प्रदान गरिएको छ । अग्नि पिडितको सहयोगका लागि देश बिदेशमा संकलन भएको १३ लाख ३५ हजार १८५ रुपैयाँ राहत प्रदान गरिएको हो । 

गत पुस १८ गते भएको आगलागीमा घर सहित सर्वस्व गुमाएपछि टहरामा कष्टपूर्ण दिन विताइरहेका हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका मगम राई, उचितबहादुर राई, अम्बराज राई, तम्बराज राई, मगमको एक घरमा व्यवसाय गर्दै आएका उदयपुर कटारीका व्यवसायी जगदीस दासलाई प्रतिपरिवार २ लाख ५ हजारका दरले राहत प्रदान गरिएको छ ।

यस्तै, आंशिक क्षती भएका प्रकाशचन्द्र गिरीलाई ११ हजार, सरनसरी राईलाई ८ हजार, गोबिन राईलाई ८ हजार, सरनकुमार राईलाई ६ हजार, महानन्द राईलाई ६ हजार, रेगिन्द्र राईलाई ६ हजार, कृष्ण राईलाई ६ हजार, कम्पराज राईलाई ४ हजार र चण्डेश्वर चौधरीलाई ४ हजार प्रदान गरिएको हो । संकलित रकममध्ये हलेसी तुवाचुङ नगरपालिका–९ धितुङका आगलागी पिडित धितुङका मित्रमान राईलाई २ लाख ५ हजार तथा हलेसी तुवाचुङ नगरपालिका–५ बडहरेकी सिता नेपालीलाई ४८ हजार २८४ रुपैयाँ प्रदान गरिएको अग्नि पिडित राहत संकलन समितिका संयोजक दिनेश राईले जानकारी दिनुभयो । 

काठ्माण्डौंमा दिनेश राईको संयोजकत्वमा बनेको अग्नि पिडित राहत संकलन समितिले संकलन गरेको ४ लाख ३५ हजार १८५, खोटाङ समाज हङकङको पहलमा संकलन भएको ५ लाख ५० हजार, खोटाङ सेवा समाज दक्षिण कोरियाको पहलमा संकलन भएको २ लाख १४ हजार ५६५, एमाले खोटाङ–काठ्माण्डौं सम्पर्क मञ्चको पहलमा संकलन भएको ७५ हजार, माओबादी केन्द्र खोटाङ–काठ्माण्डौं सम्पर्क समितिको पहलमा संकलन भएको ३३ हजार १५५ र अन्तरपार्टी महिला सञ्जाल खोटाङले उपलव्ध गराएको रकम शनिबार अग्नी पिडितलाई प्रदान गरिएको हो । 

धार्मिक तथा पर्यटकीयस्थल हलेसी बजारका व्यवसायी मगमको घरबाट सुरु भएको आगोले चार व्यवसायीका पाँच घर लगायत जल्दा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई