२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा संचार गृहस्थापना हुने क्रम बढ्दो

२०७४, ७ फाल्गुन सोमबार ०२:४८

रेखा मगर/फागुन ७, रोल्पा । रोल्पामा बिस्तारै संचार गृह स्थापना हुने क्रम बढिरहेकाे छ । 

२ दशक पहिलेको शसस्त्र द्धन्द्धका कारण अन्य जिल्लाको तुलनामामा विकासमा पछि रहेको रोल्पामा संचार गृह स्थापना हुने क्रम भने बढेको हो । नेपाल पत्रकार महाँसघ रोल्पाका अध्यक्ष मानसिङ विकले जिल्लामा अहिलेसम्म ६ वटा रेडियो, आधा दर्जन पत्रपत्रिका, २ वटा अनलाईन गरी १ दर्जन बढी संचार गृह सन्चालनमा रहेका जानकारी दिनुभएको छ ।


उहाँले आधा दर्जन पत्रपत्रिकामध्य विगतमा प्रकाशनमा आएका तर विभिन्न कारण विचमा केही समय बन्द भएको पत्रिका मध्य जलजला पोष्ट साप्ताहिक पत्रिकालाई पुनः प्रकाशनमा ल्याउने तयारी भएको जानकारी दिनुभयो । यस्तै, जिल्लाका थवाङ, त्रिवेणी र सुवर्णावती गाउँपालिकाबाट पनि नयाँ रेडियो स्थापना हुन लागेको सुचना प्राप्त भएको उहाँले बताउनुभयो ।

देश संघीय संरचनामा रुपान्तरण भएपश्चात रोल्पा पनि अव गाउँपालिकामैत्री संरचनामा बदलिएपछि गाउँपालिकालाई आधार बनाएर रेडियो तथा पत्रपत्रिका खुल्ने क्रममा बृद्धि भएको अध्यक्ष विकले बताउनुभयो । लोकतान्त्रिक देशमा विचारको स्वतन्त्रता भए जस्तै वर्तमान गणतान्त्रिक मुुलुकमा आफ्ना आवाज राज्यसमक्ष पु¥याउने माध्यम संचार गृहलाई बनाउने कोशिस गर्दै संचार गृह स्थापना गर्नेहरु बढेको पत्रकार खेम बुढाले वताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म रोल्पा आवाज पाक्षिक, रोल्पा समाचार साप्ताहिक, रोल्पा टाईम्स दैनिक, रोल्पा खवर साप्ताहिक, सनस्टार साप्ताहिक, जुनकिरी साप्ताहिक, जलजला पोष्ट साप्ताहिक, सुनछहरी साप्ताहिक, जनआकांक्षा साप्ताहिक, जन्मभुमी साप्ताहिक, अखण्ड साप्ताहिक, होलेरी साप्ताहिक र जनअपेक्षा साप्ताहिक) सिङार त्रैमासिक पत्रिका जिल्ला प्रशासन कार्यालय रोल्पामा दर्ता भएका छन ।

तर दर्ता भएका ती सबै पत्रिकाहरुमध्य केही पत्रिकाहरु भने विभिन्न कारणले बन्द भएका छन । संचार गृहको स्थापनामा बृद्धि भएसंगै त्यहाँ काम गर्ने पत्रकारहरु पनि बढेको उहाँको भनाई छ । यस्तै, रोल्पा जिल्लााबट काठमाडौ, वुटवल, दाङ लगायतका संचार माध्यममा दर्जन वढि पत्रकारले रिपोर्टिङ गरी जिल्लाका जानकारीहरु केन्द्रसम्म पु¥याउने काम गरिरहेका छन । यद्यपी तथ्याङकअनुसार जिल्ला वाहिरका संचार माध्यममा कार्यरत पत्रकार महिलाको संख्या भने न्युन रहेको छ ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महाँसघ रोल्पामा अहिलेसम्म १ सय ५ जना साधारण सदस्य रहेको तर आधा जसोले मात्रै नियमित पत्रकारीतामा रहेको पुर्व अध्यक्ष बुढाले जानकारी दिनुभयो । संचार माध्यम, संचारकर्मीको वृद्धि संगै सत्य तथ्य समाचार निर्माणमा ध्यान दिन सके जिल्लाको पत्रकारीता उदाहरणीय बन्ने उहाँको तर्क छ । अव समग्र जिल्लाको पत्रकारीताको विकासका लागी सदस्यता लिएका तर निस्क्रिय रहेका सदस्यहरुलाई पनि सक्रिय पत्रकारीता गर्न प्रेरिते गर्न महाँसघले तयारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

यस्तै पत्रकार महाँसघ रोल्पाका सचिव जीवन डाँगीले जिल्लाको समग्र विकासका लागी पत्रकारहरुले संयमित तरिकाले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । रोल्पाका धेरै जसो ठाउँका आवाजहरु बाहिर आउन नसकेको भन्दै पत्रकारहरुको कलम अव आवाजहिनका पक्षमा चल्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा