२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

५ नम्वर प्रदेश स्तरिय पत्रकारिता तालिम गुल्मीमा सम्पन्न

२०७४, ७ फाल्गुन सोमबार १५:२१

प्रेम सुनार/फागुन ७, गुल्मी । नेपाल सरकार, सुचना विभागको आयोजनामा  देशका सात वटै प्रदेशमा सुरु गरिएको आधारभुत पत्रकारिता तालिम गुल्मीमा आज सम्पन्न भएको छ ।

सुचना विभागका अलवा  युएसएड नेपाल  संस्था अन्तरगत एकिकत  समाज विकास नेपालको सह–आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा फाल्गुन–३ गतेबाट सुरु भएको पत्रकारिता तालिम आज जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यतामा समापन परिएको हो ।


सुचना विभागका महानिर्देशक विरबहादुर राइले उद्घाटन गरेको पत्रकारिता तालिममा सहभागि ३० जना प्रशिक्षार्थीहरुलाइ समापन कार्यक्रमका प्रमुख अतिथी पराजुली लगायतका अतिथीहरुले प्रमाण पत्र प्रदान गरेका थिए ।

सहभागिहरुलाई सम्वोधन गर्दै प्रमुख अतिथी पराजुलीले देश सक्रमण कालिन अवस्थामा रहेकोले नगरात्मक र निरासाजनक भन्दा सकरात्मक र उत्साह दिने खालको विषय वस्तु उठान गर्नु पर्ने सुझाव दिएका थिए ।

उनले ५ नम्वर प्रदेश स्तरिय  पत्रकारिता तालिम यस प्रदेशका यतिाका जिल्ल्ला मध्ये गुल्मीलाई छनौट गरिएको प्रति आयोजक संस्थालाई  जिल्लावासीको तर्फबाट धन्यवाद  समेत दिएका थिए ।

कार्यक्रममा विशेष अतिथी रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकत मुक्तिराम गैरे , प्रमुख प्रशिक्षक एवं गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार तोया गौतम, जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्रविक्रम कुँवर र पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद प्रेम सुनारले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै सहभागिको तर्फबाट नविन अर्यालले तालिमको प्रभावकारितावारे प्रकाश पारेका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीको विशेष अतिथ्यता रहेको थियो ।

पत्रकारिता तालिमको सहजिकरणमा महत्वपुर्ण भुमिका खेलेको भन्दै आयोजनक संस्थाले नेपाल पत्रकार महासंघ गुल्मीलाई प्रशंसा पत्र प्रदान गरेको थियो । प्रशंसा पत्र ग्रहण गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले धन्यवाद व्यक्त गरेका थिए ।  

एकिकत समाज विकास नेपालका कार्यकारी निर्देशक दिपक कार्कीको अध्यक्षतामा युएसएड नेपालकी कार्यक्रम अधिकृत सविता भट्टराईको स्वागत मन्तव्य र  नेपाल पत्रकार महासंघकी ५ नम्वर प्रदेश  सभासद सञ्जिवनी अर्यालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा