२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

५ नम्वर प्रदेश स्तरिय पत्रकारिता तालिम गुल्मीमा सम्पन्न

७ फाल्गुन २०७४, सोमबार १५:२१

प्रेम सुनार/फागुन ७, गुल्मी । नेपाल सरकार, सुचना विभागको आयोजनामा  देशका सात वटै प्रदेशमा सुरु गरिएको आधारभुत पत्रकारिता तालिम गुल्मीमा आज सम्पन्न भएको छ ।

सुचना विभागका अलवा  युएसएड नेपाल  संस्था अन्तरगत एकिकत  समाज विकास नेपालको सह–आयोजना र नेपाल पत्रकार महासंघ गुल्मीको संयोजनमा फाल्गुन–३ गतेबाट सुरु भएको पत्रकारिता तालिम आज जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आतिथ्यतामा समापन परिएको हो ।


सुचना विभागका महानिर्देशक विरबहादुर राइले उद्घाटन गरेको पत्रकारिता तालिममा सहभागि ३० जना प्रशिक्षार्थीहरुलाइ समापन कार्यक्रमका प्रमुख अतिथी पराजुली लगायतका अतिथीहरुले प्रमाण पत्र प्रदान गरेका थिए ।

सहभागिहरुलाई सम्वोधन गर्दै प्रमुख अतिथी पराजुलीले देश सक्रमण कालिन अवस्थामा रहेकोले नगरात्मक र निरासाजनक भन्दा सकरात्मक र उत्साह दिने खालको विषय वस्तु उठान गर्नु पर्ने सुझाव दिएका थिए ।

उनले ५ नम्वर प्रदेश स्तरिय  पत्रकारिता तालिम यस प्रदेशका यतिाका जिल्ल्ला मध्ये गुल्मीलाई छनौट गरिएको प्रति आयोजक संस्थालाई  जिल्लावासीको तर्फबाट धन्यवाद  समेत दिएका थिए ।

कार्यक्रममा विशेष अतिथी रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकत मुक्तिराम गैरे , प्रमुख प्रशिक्षक एवं गोरखापत्र दैनिकका वरिष्ठ पत्रकार तोया गौतम, जिल्ला युवा समितिका अध्यक्ष राजेन्द्रविक्रम कुँवर र पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघका केन्द्रिय सभासद प्रेम सुनारले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै सहभागिको तर्फबाट नविन अर्यालले तालिमको प्रभावकारितावारे प्रकाश पारेका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीको विशेष अतिथ्यता रहेको थियो ।

पत्रकारिता तालिमको सहजिकरणमा महत्वपुर्ण भुमिका खेलेको भन्दै आयोजनक संस्थाले नेपाल पत्रकार महासंघ गुल्मीलाई प्रशंसा पत्र प्रदान गरेको थियो । प्रशंसा पत्र ग्रहण गर्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिल खत्रीले धन्यवाद व्यक्त गरेका थिए ।  

एकिकत समाज विकास नेपालका कार्यकारी निर्देशक दिपक कार्कीको अध्यक्षतामा युएसएड नेपालकी कार्यक्रम अधिकृत सविता भट्टराईको स्वागत मन्तव्य र  नेपाल पत्रकार महासंघकी ५ नम्वर प्रदेश  सभासद सञ्जिवनी अर्यालको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने